back
NMB Ad

पत्रकार महासङ्घ निर्वाचन : शर्मा नेतृत्वको प्यानल घोषणा   

Royal Enfield Inside Page Banner

काठमाडौँ : नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा नयाँ प्यानल घोषणा गरिएको छ । काठमाडौँमा एक कार्यक्रमबीच आज शर्माको नेतृत्वमा प्यानल घोषणा गरिएको हो ।

शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार हुनुहुन्छ । शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द र महासचिवमा रामप्रसाद दाहालले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, खुल्ला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, आदीवासी जनजाति सचिवमा सविन प्रियासन, मधेसी सचिवमा अशोककुमार तिवारी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा बैकुण्ठराज पराजुली र कोषाध्यक्षमा रामकृष्ण ज्ञवालीले उम्मेदवारी दिनुभएको हो ।

अध्यक्ष पदका उम्मेदवार शर्माले नेपाली पत्रकारिता र मिडिया उद्योगले भोगिरहेका समस्या समाधान गर्दै पत्रकारिताको बृहत्तर हित र विकासका लागि नीतिगत नेतृत्व तथा व्यावहारिक सक्रियताका साथ महासङ्घको समग्र दायित्व पूरा गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

वि.सं.२०८१ मंसिर २३ आइतवार १९:०७ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

वि.सं.२०८१ माघ ७ सोमवार ११:३१

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने...

नबिल बैंकले कमायो ३ अर्ब २४ करोड नाफा, कुन सूचक कस्ता ?

नबिल बैंकले कमायो ३ अर्ब २४ करोड नाफा, कुन सूचक कस्ता ?

वि.सं.२०८१ माघ ७ सोमवार ११:२२

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत...

सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी

सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी

वि.सं.२०८१ माघ ७ सोमवार ११:००

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विभिन्न पदमा कार्यरत रही...

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न

वि.सं.२०८१ माघ ७ सोमवार १०:४८

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८१ साल माघ...

सुनको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ माघ ७ सोमवार १०:३९

काठमाडौं। साताको दोस्रो कारोबार दिन सुनको भाउ घटेको छ ।...

९.७१ प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा, यस्ता छन् अन्य सूचक

९.७१ प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा, यस्ता छन् अन्य सूचक

वि.सं.२०८१ माघ ७ सोमवार १०:३३

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...