back
NMB Ad

जनतालाई समयमै सूचना प्रदान गर्न जिम्मेवार हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ   

Royal Enfield Inside Page Banner

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको सूचनाको हकलाई प्रभावकारी बनाउन सङ्घीय मन्त्रालय, संवैधानिक आयोग तथा विभिन्न निकायका प्रवक्ता र तोकिएका सूचना अधिकारीलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।

मन्त्रालयमा आज आयोजित सङ्घीय मन्त्रालय, संवैधानिक आयोग तथा निकायका प्रवक्ताहरुसँग त्रैमासिक समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले यसका लागि प्रवक्ता र सूचना अधिकारीलाई व्यवस्थित गर्न आवश्यक पर्ने स्रोतसाधन, प्रशिक्षणलगायत विषयमा आफू सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो ।

“सूचनाको हक जनताको मौलिक हक हो । त्यसकारण सूचना सत्य, तथ्य र सही दिनुपर्ने हाम्रो कतव्र्य हो”, उहाँले भन्नुभयो, “प्रवक्ता र सूचना अधिकारीको आवश्यक व्यवस्थापन, दक्षत बनाउने तथा व्यवस्थित गर्नेमा मन्त्रालय सकारात्मक छ ।”

मन्त्री गुरुङका अनुसार प्रवक्ता दक्ष हुनु भनेको त्यस मन्त्रालय या निकायको प्रभावकारी कार्यको उजागर हुनु हो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले प्रवक्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको र चुनौती पनि उत्तिकै रहेको सुनाउनुभयो । आफ्ना अनुभव बाँड्दै उहाँले जनताको सूचनाका हक सुनिश्चित गर्ने मुख्य दायित्व प्रवक्ता र सूचना अधिकारीलगायत सम्बन्धित सबै शाखाको समेत उत्तिकै सहयोगी भूमिका जरुरी हुने बताउनुभयो ।

मन्त्री गुरुङले प्रवक्ताहरुले काम गर्दा भोग्नु परेका समस्याहरु सुनेर छिटोभन्दा छिटो समाधान गर्नतर्फ ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वि.सं.२०८१ मंसिर २३ आइतवार २०:४२ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५७.१८ बढ्यो, वितरणयोग्य मुनाफा कति ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५७.१८ बढ्यो, वितरणयोग्य मुनाफा कति ?

वि.सं.२०८१ माघ ७ सोमवार ०६:५८

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पुस...

हिमालयन बैंकको नाफामा सामान्य वृद्धि

हिमालयन बैंकको नाफामा सामान्य वृद्धि

वि.सं.२०८१ माघ ७ सोमवार ०६:५०

काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको...

यस्तो देखियो कुमारी बैंकको वित्तीय विवरण

यस्तो देखियो कुमारी बैंकको वित्तीय विवरण

वि.सं.२०८१ माघ ७ सोमवार ०६:३९

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा...

२१.११ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको नाफा, अन्य कुन सूचक कस्ता ?

२१.११ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको नाफा, अन्य कुन सूचक कस्ता ?

वि.सं.२०८१ माघ ७ सोमवार ०६:३०

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा...

ग्लोबल आइएमई बैंकले कमायो ३ अर्ब ५ करोड नाफा, प्रतिशसेयर आम्दानी कति ?

ग्लोबल आइएमई बैंकले कमायो ३ अर्ब ५ करोड नाफा, प्रतिशसेयर आम्दानी कति ?

वि.सं.२०८१ माघ ७ सोमवार ०६:२२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ माघ ७ सोमवार ०६:१४

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...