back
NMB Ad

आज २४ मंसिर २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

Royal Enfield Inside Page Banner

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा अम्दानी बढ्नाले उत्साह जाग्नेछ। नोकरी वा पेशामा श्रमको उचित मूल्य पाइनेछ। शेयर बजारबाट लाभ रहनेछ। विद्यार्थी वर्गहरूको लेखन वा अध्ययनमा मन लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा जिम्मेवारी मिल्नुको साथै मनमा अज्ञात भय रहनेछ। आफन्तहरूसँग भेटघाटले मन प्रशन्न रहनेछ। विद्यार्थीहरूलाई परीक्षामा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा अग्रिम रोकिएको कार्यहरू प्रारम्भ हुनेछ। व्यापार व्यवसायमा आफ्नो बुद्धि र अनुभवले निर्णय लिनुहोला। परिवारमा कसैको पदोन्नति वा वेतन वृद्धि जस्तो कुराले मन प्रसन्न रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। व्यापार व्यवसायमा शत्रु पक्षबाट सतर्क रहनुपर्ने हुन्छ। दाम्पत्य जीवन सुखमय रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक संघ संस्था वा समारोहमा सम्मिलित हुने मौका मिल्ला। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। सरकारी योजनाहरुको लाभ मिल्नेछ। शिक्षाको क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यवसायमा आज बिक्री राम्रो हुने छ। कार्यक्षेत्रमा राम्रो प्रदर्शन रहने छ। समाजमा मान सम्मान प्राप्त हुने योग छ। अप्रत्याशित लाभ हुने सम्भावना रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा अधिकारीहरूको साथ मिल्नेछ। गृहणीहरूको घरको कार्यमा समय बित्नेछ। सरकारी नोकरीमा कार्यको नयाँ अवसर मिल्नेछ। अगाडि गरिएको लगानीबाट लाभ पाइनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक क्षेत्रमा प्रतिष्ठामा वृद्धि हुनेछ। मांगलिक कार्यमा धन खर्च हुनेछ। नोकरी वा पेशामा अधिकारिहरुसँग मनमुटाव हुन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा ईर्ष्याले गर्दा नोक्सान हुन सक्ला। नोकरी वा रोजगाको खोजिमा सफलता मिल्नेछ। धार्मिक आयोजनमा सम्मान बढ्नेछ। धन खर्चमा नियन्त्रण राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तहरूसँग मनमुटाव रहनेछ। कार्यक्षेत्रमा श्रमको अनुरुप फल नमिल्ला। व्यापारमा पारदर्शिता राख्नुहोस्। कार्यक्षेत्रमा आयस्रोत बढ्नेछ। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आर्थिक समस्याबाट समाधान प्राप्त हुनेछ। धार्मिक विषयवस्तुमा कसैलाई सहयोग गर्न सक्नुहुन्छ। थोरै मेहनतले पनि विशेष लाभ लिन सकिने छ। सन्तान पक्षबाट शिक्षाको क्षेत्रमा सुभ समाचार प्राप्त हुने योग छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दिनचर्यालाई व्यवस्थित राख्ने प्रयास गर्नुहोला। विदेश यात्राको योग बनिरहेको छ। दीर्घरोगीहरू आफ्नो स्वास्थ्यलाई लिएर विशेष ध्यान दिनुहोला। प्रियजनहरूसित मनमुटाव हुन सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ। ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

वि.सं.२०८१ मंसिर २४ सोमवार ०६:०८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

वि.सं.२०८१ माघ ७ सोमवार २१:०८

काठमाडौं । सगरमाथा लुम्विनी इन्स्योरेन्सले मधेस प्रदेशका ८ वटै जिल्लामा...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ माघ ७ सोमवार २०:५६

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री पौडेल   

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री पौडेल   

वि.सं.२०८१ माघ ७ सोमवार २०:४९

काठमाडौँ :  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी...

बागमती प्रदेशमा बढ्दै समस्याग्रस्त सहकारी संस्थाको सङ्ख्या, १३७ सहकारी संस्थाविरूद्ध उजुरी   

बागमती प्रदेशमा बढ्दै समस्याग्रस्त सहकारी संस्थाको सङ्ख्या, १३७ सहकारी संस्थाविरूद्ध उजुरी   

वि.सं.२०८१ माघ ७ सोमवार २०:३७

 बागमती  : बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको सङ्ख्या बढ्दै गएको छ...

कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र   

कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र   

वि.सं.२०८१ माघ ७ सोमवार १२:५५

टेकराज केसी, भेरीगङ्गा (सुर्खेत) : ठेकदार कम्पनीको लापर्वाहीका कारण कर्णाली...

राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्नुहुने   

राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्नुहुने   

वि.सं.२०८१ माघ ७ सोमवार १२:५१

मधुकर अधिकारी    वासिङ्गटन डिसी (अमेरिका) : संयुक्त राज्य अमेरिकाका...