back
NMB Ad

सिप्रदी ट्रेडिङ्गद्वारा चितवनमा टाटा म्याजिक बिएससिक्स सार्वजनिक

Royal Enfield Inside Page Banner

काठमाडौ : नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लि., ले चितवनमा एक विशेष समारोहका बीच टाटा म्याजिक BS6 सार्वजनिक गरेको छ।

कार्यक्रममा चितवन यातायात प्रा.लि.का अध्यक्ष खेम बा. आले, भरतपुर महानगर यातायात प्रा.लि.का अध्यक्ष चिनी बा. बोहरा, छाहारी यातायात प्रा.लि.का अध्यक्ष बद्री प्र. पौडेल, सार्वजनिक मकवानपुर यातायात प्रा.लि.का अध्यक्ष ज्ञानेन्द्र बा. कार्की, सार्वजनिक ओम शान्ति यातायात प्रा.लि.का अध्यक्ष प्रदीप राज हमाल, पूर्व चितवन कालिका यातायातका अध्यक्ष मिन कुमार श्रेष्ठ, र त्रिनेत्र चितवन यातायात प्रा.लि.का अध्यक्ष कपिल पाण्डेज्यूहरूको गरिमामय उपस्थिति रहेको थियो। विशिष्ट अतिथिहरूले टाटा म्याजिकलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा व्याख्या गर्नुभयो।

टाटा म्याजिक BS6 गाडीमा ६९४ सीसी पेट्रोल इन्जिन, ३० एचपी पावर, ५५ एनएम टर्क, ५-स्पीड गियर, १३ इन्चका टायर, डिजिटल ओडोमिटर, इको स्विच, एबीएस, र एन्टि-रोल बार जस्ता विशेषताहरू छन्। यी विशेषताले यात्रुहरूको लागि आरामदायी यात्रा र व्यवसायिक दृष्टिकोणबाट उच्च लाभ सुनिश्चित गर्दछ।

सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का AGM (सिभीबीयू) कृष्ण चन्दले आफ्नो धारणा व्यक्त गर्दै भने, “चितवन जस्तो व्यस्त सहरी क्षेत्रमा टाटा म्याजिक BS6 ले यातायात क्षेत्रको लागि नयाँ आयाम थप्नेछ। यसको किफायती सञ्चालन लागत र आधुनिक प्रविधिले यहाँका व्यवसायीहरूलाई अझ सशक्त बनाउनेछ। सिप्रदीले नेपालभर गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको छ, र यसै लक्ष्यले हामी यहाँ यो गाडी प्रस्तुत गरेका छौं।”

कार्यक्रममा बोल्दै प्रोडक्ट मेनेजर इन्द्रमणि पोख्रेलले भने, “टाटा म्याजिक BS6 सहरी यातायात र विद्यालय यातायातका लागि उपयुक्त मोडेल हो। यसमा अत्याधुनिक BS6 प्रविधिको प्रयोग गरिएको छ, जसले प्रदूषण घटाउन र इन्धनको कुशल प्रयोग गर्न मद्दत गर्दछ। साना व्यवसायीहरूलाई लक्षित गरी निर्माण गरिएको यस गाडीले व्यवसायलाई किफायती, सुरक्षित, र दिगो बनाउन ठूलो सहयोग पुर्‍याउनेछ।”

सिप्रदी ट्रेडिङ्गले यसअघि नै नेपालमा ४,००० भन्दा बढी टाटा म्याजिक गाडीहरू बिक्री गरिसकेको छ, जसले बजारको ९५% हिस्सा ओगटेको छ।

वि.सं.२०८१ मंसिर २८ शुक्रवार २१:४७ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
जगदम्बा मोटर्सद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा, राइडरहरुलाई यस्ता छन् अफर

जगदम्बा मोटर्सद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा, राइडरहरुलाई यस्ता छन् अफर

वि.सं.२०८१ माघ ६ आइतवार १७:५९

काठमाडौं । टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छ : अर्थमन्त्री पौडेल   

मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छ : अर्थमन्त्री पौडेल   

वि.सं.२०८१ माघ ६ आइतवार १७:५१

काठमाडौँ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र विगतको...

हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक   

हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक   

वि.सं.२०८१ माघ ६ आइतवार १७:२३

कायरो, ६ माघ : प्यालेष्टिनी इस्लामी समूह (हमास) को सशस्त्र...

नेपाल एसबिआई बैंकद्वारा नेपाल भारत मैत्री संघ, कास्कीलाई सहयोग रकम हस्तान्तरण

नेपाल एसबिआई बैंकद्वारा नेपाल भारत मैत्री संघ, कास्कीलाई सहयोग रकम हस्तान्तरण

वि.सं.२०८१ माघ ६ आइतवार १७:१०

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा...

प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो   

प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो   

वि.सं.२०८१ माघ ६ आइतवार १५:४१

बैतडी : यहाँ जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट...

नेप्सेमा ७६ लाख ९० हजार कित्ता बोनस सेयर सूचिकृत

नेप्सेमा ७६ लाख ९० हजार कित्ता बोनस सेयर सूचिकृत

वि.सं.२०८१ माघ ६ आइतवार १५:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार थप एक कम्पनीको...