back
NMB Ad

छुटाउनुभयो कि ? महुली लघुवित्तको एफपीओ : आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ५ गतेदेखि निष्काशन गरेको एफपीओमा आवेदन दिने आज पुस ९ गते अन्तिम दिन रहेको छ । कम्पनीको एफपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । लघुवित्तले हाल कायम सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशतलाई, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत पुर्याउनका लागि एफपीओ निष्काशन गर्न गरेको हो।

लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर निष्काशन गरेको हो। हाल लघुवित्तको चुक्ता पूँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

वि.सं.२०८१ पुस ९ मंगलवार १०:२३ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
अटोमोटिभ क्षेत्रका अवसर र चुनौतीबारे ‘अटोमोटिभ कनक्लेभ २०८१’ आयोजना हुँदै

अटोमोटिभ क्षेत्रका अवसर र चुनौतीबारे ‘अटोमोटिभ कनक्लेभ २०८१’ आयोजना हुँदै

वि.सं.२०८१ फागुन २७ मंगलवार १९:५९

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रका वर्तमान चुनौती, समाधानका उपाय तथा...

आगामी बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

आगामी बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

वि.सं.२०८१ फागुन २७ मंगलवार १९:५१

काठमाडौं । सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई...

विशाल बजारको साधारण सभा रोक्न अदालतको आदेश, यस्तो छ कारण

विशाल बजारको साधारण सभा रोक्न अदालतको आदेश, यस्तो छ कारण

वि.सं.२०८१ फागुन २७ मंगलवार १९:४०

काठमाडौं। विशाल बजार कम्पनी लिमिटेडको यही फागुन २८ गते आयोजना...

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिनेको ओइरो, यस्तो छ पहिलो दिनको अपडेट

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिनेको ओइरो, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ फागुन २७ मंगलवार १७:४२

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा ६१ करोड ७३...

ज्योति विकास बैंकका ग्राहकलाई “डेकोर प्यालेस”मा १५ प्रतिशतसम्म छुट

ज्योति विकास बैंकका ग्राहकलाई “डेकोर प्यालेस”मा १५ प्रतिशतसम्म छुट

वि.सं.२०८१ फागुन २७ मंगलवार १७:३४

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई नयाँ अवसर...

ट्रम्पद्वारा विद्युत् अतिरिक्त भन्सार लगाएपछि क्यानाडालाई ‘भन्सार शुल्क दुरुपयोगकर्ता’ को आरोप   

ट्रम्पद्वारा विद्युत् अतिरिक्त भन्सार लगाएपछि क्यानाडालाई ‘भन्सार शुल्क दुरुपयोगकर्ता’ को आरोप   

वि.सं.२०८१ फागुन २७ मंगलवार १६:५९

वासिङ्टन : ओन्टारियो प्रान्तले तीन अमेरिकी राज्यमा विद्युत् अतिरिक्त भन्सार लगाएपछि...