
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले गत मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म निष्कासन गरेको आईपीओ पुस ८ गते बाँडफाँड गरेको हो ।
यसमा गोलाप्रथामार्फत २२ हजार ५०० जना आवेदकलाई १० कित्ताका दरले २ लाख ५० हजार कित्ता सेयर बाँडफाँडगरिएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जानकारी गराएको छ ।
कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि निष्कासन गरेको थियो ।
वैदेशिक रोजगारीमा रहेकाहरुले बिक्री प्रबन्धकको वेबसाइट https://kumaricapital.com/र सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट http://iporesult.cdsc.com.np/ बाट नतिजा हेर्न सक्नेछन् ।
वि.सं.२०८१ पुस ९ मंगलवार १०:३७ मा प्रकाशित