
काठमाडौं । आशा लघुवित्तले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीको मंसिर ७ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट १४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
सोही बोनस सेयर गत कात्तिक २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको संस्थाले बताएको छ ।
कम्पनीले कात्तिक २१ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो । अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।
वि.सं.२०८१ पुस १४ आइतवार ११:२२ मा प्रकाशित