
काठमाडौं । महुली लघुवित्तको एफपीओ यसै साताभित्र बाँडफाँड गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले शुक्रबारसम्ममा एफपीओ बाँडफाँड गर्ने तयारी गरिएको बताएको हो ।
कम्पनीको एफपीओमा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ५२.३४ गुणा बढी आवेदन हो । यसर्थ गोलाप्रथाबाट एफपीओ बाँडफाँड हुनेछ । एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।
जसअनुसार ४७ हजार ५४५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १७ लाख ११ हजार ३०८ जनाको भने हात खाली हुनेछ ।
लघुवित्तले पुस ५ गतेदेखि ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर निष्काशन गरेको हो। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
वि.सं.२०८१ पुस १६ मंगलवार २०:५१ मा प्रकाशित