back
NMB Ad

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैनिक अभ्यास   

काठमाडौँ : नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को अठारौँ संस्करण आजदेखि सुरु भएको छ ।

रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको उक्त अभ्यासको मध्यपश्चिम पृतनाका पृतनापति उपरथी प्रेमबहादुर पुनले एक कार्यक्रमकाबीच शुभारम्भ गर्नुभयो ।
नेपाली सेनाबाट प्रमुख सेनानी निराजन कटवालको नेतृत्वमा र भारतीय सेनाबाट कर्णेल जपेन्दरपाल सिंहको नेतृत्वमा कूल ६ सय ६८ सैनिक सहभागी भई सञ्चालन भएको उक्त संयुक्त अभ्यास यही पुस २९ गते सम्पन्न हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको सत्रौँ संस्करण मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यको पिथौरागढमा सम्पन्न भएको थियो । विसं २०६७ देखि नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको उक्त संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १७ पटक सफलतापूर्वक सञ्चालन भइसकेको छ ।

सो अभ्यासमा मुख्यगरी विपद् व्यवस्थापन, प्रतिव्रिदोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला, मानवीय सहयोगलगायतका विषयमा दुई देशका सैनिकले सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदानप्रदान गर्नेछन् । उक्त सैनिक अभ्यासले दुई देशबीच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकलदर्जामा पेसागत सीपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

वि.सं.२०८१ पुस १६ मंगलवार २१:०१ मा प्रकाशित

You can share this post!

नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल   

नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल   

वि.सं.२०८१ चैत १० आइतवार २१:०२

काठमाडौँ : नेपालका लागि अर्मेनिया गणतन्त्रको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल...

अधिकांश मन्त्रालयले चालु आवको भन्दा कम बजेट पाउने सम्भावना, यस्तो छ मन्त्रालयलाई दिइएको ‘सिलिङ’   

अधिकांश मन्त्रालयले चालु आवको भन्दा कम बजेट पाउने सम्भावना, यस्तो छ मन्त्रालयलाई दिइएको ‘सिलिङ’   

वि.सं.२०८१ चैत १० आइतवार २०:५७

हेमन्त जोशी काठमाडौँ, १० चैत: सार्वजनिक ऋणको सावा–ब्याज भुक्तानी, सामाजिक...

फोटोनले १ करोड युनिट बिक्रीको कीर्तिमान तोड्दै व्यावसायिक सवारी उद्योगमा अग्रणी स्थान हासिल गर्यो

फोटोनले १ करोड युनिट बिक्रीको कीर्तिमान तोड्दै व्यावसायिक सवारी उद्योगमा अग्रणी स्थान हासिल गर्यो

वि.सं.२०८१ चैत १० आइतवार १७:१९

काठमाडौं : चीनको फोटोन कम्पनीले विश्वभर १ करोड युनिट बिक्री...

बारा र पर्सामा तीन उच्च क्षमताका सबस्टेसन निर्माणको अन्तिम चरणमा, विद्युत् आपूर्तिमा सुधारका नयाँ आयाम

बारा र पर्सामा तीन उच्च क्षमताका सबस्टेसन निर्माणको अन्तिम चरणमा, विद्युत् आपूर्तिमा सुधारका नयाँ आयाम

वि.सं.२०८१ चैत १० आइतवार १७:००

काठमाडौँ : बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र उपभोक्तालाई...

Vespa/Aprilia को नयाँ वर्ष २०८२ अफर: ‘खुसीयाली साटा–साट’ योजनासँग विशेष छुट र आकर्षक उपहारको अवसर

Vespa/Aprilia को नयाँ वर्ष २०८२ अफर: ‘खुसीयाली साटा–साट’ योजनासँग विशेष छुट र आकर्षक उपहारको अवसर

वि.सं.२०८१ चैत १० आइतवार १६:५३

काठमाडौं : नयाँ वर्ष २०८२ को अवसरमा, डेल्टा अटोकोर्प ले...

सानिमा बैंकद्वारा देशै भरि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सानिमा बैंकद्वारा देशै भरि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वि.सं.२०८१ चैत १० आइतवार १६:४४

काठमाडौं । सानिमा बैंकले २०८१ चैत्र ४ देखि चैत्र १०...