
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको ३४ औं बैठकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले आव २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको १४ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीले बोनस सेयरमा लाग्ने कर भने सेयरधनी आफैंले तिर्नुपर्ने जनाएको छ ।
प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुमा वितरण गरिनेछ ।
वि.सं.२०८१ माघ ६ आइतवार १०:५२ मा प्रकाशित