back
NMB Ad

स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

Royal Enfield Inside Page Banner

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन गर्नुभएको छ ।

सो कार्यदलको प्रतिवेदन र सुुझावबारे आज प्रधानमन्त्री निवास, बालुुवाटारमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सूशिक्षित गराउनुुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था आउन दिन नहुने बताउनुुभयो । उहाँले कार्यदलबाट स्वास्थ्य बीमा कार्यक्रमको वस्तुुनिष्ठ समीक्षासहित सुुझाव दिइएकाले यथास्थितिमा परिवर्तन गरी व्यवहारिक हुने गरी कार्यक्रमलाई सुुधार गर्ने गरी एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई भन्नुुभएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कार्यदलका संयोजक डा शम्भुु आचार्य, सदस्यहरु डा भगवान कोइराला, डा रघुुराम काफ्ले र सदस्यसचिव डा सरोज शर्माले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बीमा कार्यक्रमको नीतिगत, कानुनी र संरचनागत परिवर्तन गर्नुपर्ने देखिएको ब्रिफिङ गर्नुभएको थियो । हाल यस कार्यक्रमअन्तर्गत करिब रु ११ अर्ब भुुक्तानी गर्न बाँकी रहेको छ ।

यस कार्यक्रममा हाल कुल जनसङ्ख्याको २७ प्रतिशत नागरिक आबद्ध भएको र आवद्ध भएका मध्ये ४८ प्रतिशतले सेवा लिएको स्थितिमा सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरिबीको रेखामुुनी रहेका सबै नागरिकको स्वास्थ्यसेवा निःशुुःल्क गर्नुपर्ने ढाँचामा जान कार्यदलले सुुझाव दिएको छ ।

कार्यदलले आधारभूूत स्वास्थ्यसेवा र अन्य सामाजिक सुरक्षाका कोषहरुक कार्यक्रमसँग पनि यस कार्यक्रमलाई एकीकराण् गर्न सुुझाएको छ । सो कार्यदलले गत पुस १४ गते मन्त्रालयलाई प्रतिवेदन बुुझाएको थियो ।

वि.सं.२०८१ माघ ६ आइतवार १४:१३ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने   

विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने   

वि.सं.२०८१ माघ २२ मंगलवार ०६:४५

शरद् शर्मा, काठमाडौँ : क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक...

इमेज सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाए   

इमेज सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाए   

वि.सं.२०८१ माघ २२ मंगलवार ०६:४०

गलकोट (बागलुङ) : बचत रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि...

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप   

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप   

वि.सं.२०८१ माघ २२ मंगलवार ०६:३४

बुनु थारू,काठमाडौँ : आज फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवस...

रारामा कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु   

रारामा कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु   

वि.सं.२०८१ माघ २२ मंगलवार ०६:२९

मुगु : राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट...

अमेरिकी डलरको भाउ उकालो लाग्यो, हालसम्मकै उच्च विन्दुमा पुग्यो    

अमेरिकी डलरको भाउ उकालो लाग्यो, हालसम्मकै उच्च विन्दुमा पुग्यो    

वि.सं.२०८१ माघ २२ मंगलवार ०६:२०

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

आज २२ माघ २०८१ मंगलवार, हेर्नुहोस् तपाईको राशिफल

आज २२ माघ २०८१ मंगलवार, हेर्नुहोस् तपाईको राशिफल

वि.सं.२०८१ माघ २२ मंगलवार ०६:११

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...