
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । उक्त दिन बजार १२.५८ अंकले बढेर २६०१.२१ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३२५ कम्पनीको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा दश उपसूचक हरियाली भएको छ ।
उक्त दिन बजारमा सुधार आउँदा बोतलर्स नेपाल (बालाजु) को सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, विन नेपाल लघुवित्तको ९.०९ प्रतिशत, साम्लिङ पावर कम्पनीको ७.४६ प्रतिशत, नेपाल रिपब्लिक मिडियाको ७.३७ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८१ माघ ६ आइतवार १५:०७ मा प्रकाशित