back
NMB Ad

प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो   

Royal Enfield Inside Page Banner

बैतडी : यहाँ जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजदेखि समूह ‘बी’का खेल सुरु भएका छन् । समूह ‘बी’को पहिलो खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई १० रनले पराजित गर्दै सुखद् सुरुआत गरेको छ ।

खराब मौसमका कारण १३ ओभरमा छोट्याइएको खेलमा ६४ रनको लक्ष्य पछ्याउने क्रममा बागमती १२ दशमलव एक ओभरमा ५३ रनमा समेटियो । बागमतीका लागि सविका यादवले २० र विपिशा शाहीले अविजित १२ रन बनाइन् ।
कोशीका लागि कप्तान रूबिना क्षेत्री, ज्योती दनुवार र सङ्गीता राईले दुई/दुई विकेट लिए ।

फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको कोशीले निर्धारित १३ ओभरमा सात विकेटको क्षतिमा ६३ रन बनायो । उसका विमला मलाहाले अविजित १९ र कप्तान रूविना क्षेत्रीले १५ रनको योगदान दिइन् । बागमतीका लागि मनिशा उपाध्यायले ह्याट्रिकसहित चार विकेट हात पारिन् । मनिशा जारी प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनिन् ।

कोशीकी कप्तान क्षेत्री प्लेयर अफ द म्याच भइन् ।

समूह ‘ए’बाट एपिएफ र सुदूरपश्चिमले शीर्ष चारमा स्थान बनाइसकेका छन् । यही माघ १ गतेदेखि सुरू प्रतियोगितामा नौ टोलीको सहभागीता छ । प्रतियोगिताको उपाधि विजेताले रु पाँच लाख, दोस्रो हुनेले रु तीन लाख, प्लेयर अफ द सिरिजलाई रु ५० हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई रु २५/२५ हजार पुरस्कार दिइनेछ ।

वि.सं.२०८१ माघ ६ आइतवार १५:४१ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात   

पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात   

वि.सं.२०८१ माघ २८ सोमवार १७:५३

भद्रपुर (झापा), २८ माघः काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा...

एस.के. इनर्जी डेभलपमेन्टले आईपीओ निष्काशन गर्ने

एस.के. इनर्जी डेभलपमेन्टले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ माघ २८ सोमवार १७:४७

काठमाडौं । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

प्रतिनिधिसभाद्वारा सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ सर्वसम्मत पारित   

प्रतिनिधिसभाद्वारा सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ सर्वसम्मत पारित   

वि.सं.२०८१ माघ २८ सोमवार १७:३३

काठमाडौँ : प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत...

माघ सकिनै लाग्दा न हिउँ न वर्षा   

माघ सकिनै लाग्दा न हिउँ न वर्षा   

वि.सं.२०८१ माघ २८ सोमवार १७:३०

राम थापा गण्डकी, २८ माघ : यसपालिको हिउँदयाममा हिमाली जिल्लामा...

अर्बिट इनर्जीले ५० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

अर्बिट इनर्जीले ५० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

वि.सं.२०८१ माघ २८ सोमवार १७:२३

काठमाडौ । अर्बिट इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

रोयल इनफिल्ड महा राइड : जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा, यस्ता छन् उदेश्य

रोयल इनफिल्ड महा राइड : जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा, यस्ता छन् उदेश्य

वि.सं.२०८१ माघ २८ सोमवार १७:०९

जनकपुर : रोयल इनफिल्ड प्रेमीहरूको लागि एउटा विशेष उत्सवको रूपमा,...