back
NMB Ad

हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक   

Royal Enfield Inside Page Banner

कायरो, ६ माघ : प्यालेष्टिनी इस्लामी समूह (हमास) को सशस्त्र शाखाले आइतबार युद्धविराम सम्झौता अन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धककोे नाम सार्वजनिक गरेको छ ।

यससँगै सम्झौताको मध्यस्थकर्ता अमेरिका, कतार र इजिप्टले युद्धविराम सम्झौता कार्यान्वयन सुरू भएको पुष्टि गरेका छन् ।

स्थानीय समयअनुसार ८ः३० मा सुरु हुने भनिएको युद्धविराम तोकिएको समयभन्दा दुई घण्टा ४५ मिनेट ढिलो अर्थात् इजरायली समय अनुसार ११ः१५ बजेदेखि शुरू भएको इजरायलले पुष्टि गरेको छ ।

“सम्झौताको एक भागको रूपमा, इज्जेदिन अल–कासम ब्रिगेडले आज (आइतबार) निम्न इजरायली कैदीहरू, डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेनलाई रिहा गर्ने निर्णय गरेको छ,” बन्धक महिलाहरूको नाम सार्वजनिक गर्दै समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

त्यसमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरेली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ।

यसअघि, इजरायलले स्थानीय समयअनुसार ८ः३० मा सुरु हुने भनिएको युद्धविराम रिहा हुनेहरूको सूची इजरायलल प्राप्त नगरेसम्म सुरु नहुने बताउँदै गाजाका विभिन्न भागमा चेतावनीवरूप कारबाही जारी गरेको थियो ।

यसैबीच हमास नेतृत्वको ‘सिभिल डिफेन्स एजेन्सी’ले आइतवार बिहानबाट युद्ध विराम सुरु हुने भनिएको समययता इजरायली हवाई आक्रमणमा दशजना मारिएको बताएका छन्।

उक्त निकायका प्रवक्ता मोहमद बासालका अनुसार छ जना गाजामा मारिएका थिए भने तीन जना उत्तरमा र एक जना रफाहमा मारिनुका साथै विभिन्न स्थनमा गरी थप २५ जना घाइते भएका छन् ।

यसअघि, इजरायली सेनाले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निर्देशन भन्दै युद्धविराम सुरु नभएसम्म गाजामा सैन्य कारबाही जारी राख्ने बताएको थियो।

प्रधानमन्त्री नेतन्याहुले आइतवार रिहा गर्ने भनिएका पहिलो तीन बन्धकको नाम हमासले सार्वजनिक नगरेसम्म युद्धविराम सुरु नगर्न देशको सेनालाई आदेश दिनुभएको थियो ।  रासस/एएफपी

वि.सं.२०८१ माघ ६ आइतवार १७:२३ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सहास उर्जासहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सहास उर्जासहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ माघ २४ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...

११ अंकले घट्यो सेयर बजार, दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट

११ अंकले घट्यो सेयर बजार, दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ माघ २४ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...

थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य दियो   

थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य दियो   

वि.सं.२०८१ माघ २४ बिहीवार १४:३५

काठमाडाैँ : राजधानीमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका...

सूर्तीजन्य पदार्थको बट्टामा घातक चित्र छाप्नुपर्ने निर्देशिका स्वीकृत   

सूर्तीजन्य पदार्थको बट्टामा घातक चित्र छाप्नुपर्ने निर्देशिका स्वीकृत   

वि.सं.२०८१ माघ २४ बिहीवार १४:२२

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट,...

प्रतिनिधिसभाको बैठक सुरु

प्रतिनिधिसभाको बैठक सुरु

वि.सं.२०८१ माघ २४ बिहीवार १४:०२

काठमाडौँ : सङ्घीय संसद् (प्रतिनिधिसभा)को बैठक सुरु भएको छ ।...

बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण   

बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण   

वि.सं.२०८१ माघ २४ बिहीवार १३:१९

काठमाडौँ,२४ माघ : बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको भाडादर निर्धारण...