back
NMB Ad

मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छ : अर्थमन्त्री पौडेल   

Royal Enfield Inside Page Banner

काठमाडौँ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको र सुधारका प्रयासले नतिजा दिन थालेको बताउनुभएको छ ।

अर्थ मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधार हुँदै गएको सूचकहरुले नै देखाएको बताउनुभयो । “हामीले आर्थिक सूचकहरुमा तलमाथि गरेका छैनौँ । सूचक हरियो छ भने हरियो र रातो छ भने रातो नै प्रस्तुत भएको छ । तथ्यले हाम्रो अर्थतन्त्र सुधार हुँदै गएको देखाउँछ”, उहाँले भन्नुभयो ।

वर्तमान सरकार गठन भएपछि आर्थिक सूचकहरु सुध्रदै गएको अर्थमन्त्री पौडेलले बताउनुभयो । “आर्थिक परिसूचक अहिलेको भन्दा पहिला नकारात्मक थिए । ती परिसूचकलाई सकारात्मक बनाउन समय लागेको छ र निकै बढी मेहनत गर्नुपरेको छ । ओरालो लागेको अर्थतन्त्रलाई अहिले सकारात्मक दिसामा डो¥याएका छौँ”, उहाँले भन्नुभयो ।

सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरे लगत्तै निजी क्षेत्रका छाता सङ्गठनले त्यसको स्वागत गरेको र यसले निजी क्षेत्रलाई अघि बढाउन भूमिका खेलेको उहाँको भनाइ थियो । “पुँजीगत खर्चमा गुणात्मक सुधार गर्न सरकारले काम गरिरहेको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो । निर्माण व्यवसायीको भुक्तानी नरोकिएको उहाँले उल्लेख गर्नुभयो । “कुनै निर्माण व्यवसायीको भुक्तानी रोकिएको छैन । आजका दिनसम्म कसैले विधिसम्मत रुपमा दाबी गरेको छ भने भुक्तानी भएको छ”, उहाँले भन्नुभयो ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान मामलामा ‘नेपाल फाइनान्सिएल एक्सन टाक्सफोर्स’को सम्भावित जोखिम सूचीमा पर्न नदिन नेपाल चनाखो रहेको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

“सम्पत्ति शुद्धिकरण निवारण मामलामा हामीले गर्नुपर्ने कामको सूची छ । केन्द्रीय कार्यसूची बनाएर काम भइरहेको छ । त्यसलाई हामीले गम्भीरताका साथ कार्यान्वयन गरिरहेका छौँ । आफ्नो प्रतिष्ठा जोगाउँदै जाने विषयमा नेपाल सचेत छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।

वि.सं.२०८१ माघ ६ आइतवार १७:५१ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात   

पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात   

वि.सं.२०८१ माघ २८ सोमवार १७:५३

भद्रपुर (झापा), २८ माघः काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा...

एस.के. इनर्जी डेभलपमेन्टले आईपीओ निष्काशन गर्ने

एस.के. इनर्जी डेभलपमेन्टले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ माघ २८ सोमवार १७:४७

काठमाडौं । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

प्रतिनिधिसभाद्वारा सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ सर्वसम्मत पारित   

प्रतिनिधिसभाद्वारा सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ सर्वसम्मत पारित   

वि.सं.२०८१ माघ २८ सोमवार १७:३३

काठमाडौँ : प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत...

माघ सकिनै लाग्दा न हिउँ न वर्षा   

माघ सकिनै लाग्दा न हिउँ न वर्षा   

वि.सं.२०८१ माघ २८ सोमवार १७:३०

राम थापा गण्डकी, २८ माघ : यसपालिको हिउँदयाममा हिमाली जिल्लामा...

अर्बिट इनर्जीले ५० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

अर्बिट इनर्जीले ५० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

वि.सं.२०८१ माघ २८ सोमवार १७:२३

काठमाडौ । अर्बिट इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

रोयल इनफिल्ड महा राइड : जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा, यस्ता छन् उदेश्य

रोयल इनफिल्ड महा राइड : जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा, यस्ता छन् उदेश्य

वि.सं.२०८१ माघ २८ सोमवार १७:०९

जनकपुर : रोयल इनफिल्ड प्रेमीहरूको लागि एउटा विशेष उत्सवको रूपमा,...