back
Kumari Bank

ग्लोबल आइएमई बैंकले कमायो ३ अर्ब ५ करोड नाफा, प्रतिशसेयर आम्दानी कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.०९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.३४ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ४.४१ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ अर्ब १३ करोड ६० लाख रुपैयाँबाट घटेर २ अर्ब २० करोड ३७ लाख रुपैयाँमा झरेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा ४७.८८ प्रतिशत बढेको छ।

बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा २६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ सञ्चित छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि ४ रुपैयाँ ७१ पैसा बढेर १६ रुपैयाँ २ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.८६ गुणा रहेको छ। यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४९ पैसा रहेको छ।

वि.सं.२०८१ माघ ७ सोमवार ०६:२२ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा मंगलटार स्वास्थ्य चौकीमा बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा मंगलटार स्वास्थ्य चौकीमा बेबी वार्मर प्रदान

वि.सं.२०८२ असार २७ शुक्रवार १६:५८

काठमाडौं । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा...

बुटवलपछि काठमाडौंमा पनि ‘करेन्ट पोइन्ट’ सञ्चालनमा, अनामनगरमा चटपटे स्वादको नयाँ गन्तव्य

बुटवलपछि काठमाडौंमा पनि ‘करेन्ट पोइन्ट’ सञ्चालनमा, अनामनगरमा चटपटे स्वादको नयाँ गन्तव्य

वि.सं.२०८२ असार २७ शुक्रवार १६:४९

काठमाडौं । पिरो र स्पाइसी नुडल्सका पारखीहरूका लागि अब काठमाडौंमा...

दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद 

दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद 

वि.सं.२०८२ असार २७ शुक्रवार १६:३६

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै...

सफ्टवारिका कलेजमा ‘टेक एक्सस् एलिभेट २०२५’ को तेस्रो संस्करण, प्रविधि र नवप्रवर्तनको उत्सव

सफ्टवारिका कलेजमा ‘टेक एक्सस् एलिभेट २०२५’ को तेस्रो संस्करण, प्रविधि र नवप्रवर्तनको उत्सव

वि.सं.२०८२ असार २७ शुक्रवार १६:२०

काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले प्रविधिमा आधारित...

माछापुच्छ्रे बैंकद्वारा महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर हस्तान्तरण

वि.सं.२०८२ असार २७ शुक्रवार १५:१२

कञ्चनपुर । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम...

विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने, बङ्गलादेश र श्रीलङ्काका मुद्रा पनि साट्ने व्यवस्था मिलाइने   

विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने, बङ्गलादेश र श्रीलङ्काका मुद्रा पनि साट्ने व्यवस्था मिलाइने   

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०५

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ को...