back
NMB Ad

२१.११ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको नाफा, अन्य कुन सूचक कस्ता ?

Royal Enfield Inside Page Banner

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.११ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.११ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १४.४६ प्रतिशत, कुल सञ्चालन आम्दानी १७.६९ प्रतिशत बढेको छ। यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४३ करोड २३ लाख रुपैयाँबाट घटेर ३४ करोड ९५ लाख रुपैयाँमा झरेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा २६.९७ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ ९४ पैसा बढेर ३२ रुपैयाँ ६ पैसा पुगेको छ। समिक्षा अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.१२ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ ५८ पैसा रहेको छ। बैंकको चुक्तापुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ छ ।

वि.सं.२०८१ माघ ७ सोमवार ०६:३० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
महिला टी–ट्वान्टी श्रृङ्खला : नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै   

महिला टी–ट्वान्टी श्रृङ्खला : नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै   

वि.सं.२०८१ माघ २५ शुक्रवार १२:५४

काठमाडौँ : महिला टी–ट्वान्टी श्रृङ्खलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ...

युनिलिभर नेपालको नाफा १३.४९ प्रतिशतले बढ्यो

युनिलिभर नेपालको नाफा १३.४९ प्रतिशतले बढ्यो

वि.सं.२०८१ माघ २५ शुक्रवार ११:०८

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा...

अरुण भ्याली हाइड्रोपावरको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?

अरुण भ्याली हाइड्रोपावरको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८१ माघ २५ शुक्रवार १०:५२

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ माघ २५ शुक्रवार १०:४३

काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको भाउ घटेको छ ।...

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य   

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य   

वि.सं.२०८१ माघ २५ शुक्रवार १०:३८

काठमाडौँ : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि...

सानिमा जिआईसी इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

सानिमा जिआईसी इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ माघ २५ शुक्रवार १०:३४

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले र्ने लाभांश घोषणा गरेको...