back
NMB Ad

२ लाख २५ हजार कित्ता आईपीओ निष्काशन मिति तोकियो, कहिलेदेखि हुँदैछ बिक्री खुला ?

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

वि.सं.२०८१ माघ ७ सोमवार १०:१४ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य   

यस्तो छ आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य   

वि.सं.२०८१ चैत २ आइतवार १०:५१

काठमाडौँ  : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सुनको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ चैत २ आइतवार १०:४६

काठमाडौं। साताको पहिलो कारोबार दिन सुनको भाउमा गिरावट आएको छ...

नेप्सेको सीईओ नियुक्ति: पाँच जना उम्मेदवार सर्टलिस्ट

नेप्सेको सीईओ नियुक्ति: पाँच जना उम्मेदवार सर्टलिस्ट

वि.सं.२०८१ चैत २ आइतवार १०:३९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को नयाँ प्रमुख...

छुटाउनुभयो कि ? सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम मौका

छुटाउनुभयो कि ? सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम मौका

वि.सं.२०८१ चैत २ आइतवार १०:३२

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि निष्काशन...

आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह   

आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह   

वि.सं.२०८१ चैत २ आइतवार ०६:३४

काठमाडौँ : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै...

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो   

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो   

वि.सं.२०८१ चैत २ आइतवार ०६:२८

 बन्दीपुर (तनहुँ) : आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी...