
काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । उक्त दिन बजार ५.०८ अंकले बढेर २६१३.०८ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको १ करोड १६ लाख २६ हजार २० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १९ करोड १ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा आठ उपसूचक हरियाली भएको छ ।
उक्त दिन बजारमा सुधार आउँदा मन्दाकिनी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
वि.सं.२०८१ माघ ८ मंगलवार १५:०६ मा प्रकाशित