
काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । उक्त दिन बजार ५.०८ अंकले बढेर २६१३.०८ को विन्दुमा कायम भएको छ ।
उक्त दिन सबैभन्दा बढी सिइडिबी हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २३ करोड ७६ लाख ३५ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ६६ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको २० करोड ५३ लाख ६० हजार रुपैंया, सुपरमादी हाइड्रोपावरको १६ करोड ४३ लाख ५१ हजार रुपैयाँ, माथिल्लो मैलुङखोला जलविद्युतको १५ करोड ८३ लाख ६२ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८१ माघ ८ मंगलवार १५:१४ मा प्रकाशित