back
NMB Ad

आर्थिक असमानतालाई उद्धृत गर्दै डब्लुएचओबाट अमेरिकालाई हटाउने आदेशमा ट्रम्पको हस्ताक्षर   

Royal Enfield Inside Page Banner

वासिङ्टन   :   राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट संयुक्त राज्य अमेरिकालाई फिर्ता लैजाने निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । ट्रम्पले कोभिड–१९ महामारी व्यवस्थापनको विषयमा डब्लुएचओको पटक–पटक आलोचना गर्नुभएको थियो ।

आफ्नो शपथग्रहणको केही घण्टापछि ह्वाइट हाउसमा बोल्दै उहाँले संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घको निकायलाई चीनको तुलनामा धेरै बढी भुक्तान गरिरहेको उल्लेख गर्दै भन्नुभयो, “विश्व स्वास्थ्यले हामीलाई ठगेको छ ।”

जेनेभा–स्थित सङ्गठनको सबैभन्दा ठूलो दाता संयुक्त राज्य अमेरिकाले डब्लुएचओको कार्यसञ्चालनका लागि महत्त्वपूर्ण वित्तीय सहयोग प्रदान गर्दछ ।

यसको फिर्तीले संस्थाको महत्त्वपूर्ण पुनर्संरचना गर्ने अपेक्षा गरिएको छ र यसले विश्वव्यापी स्वास्थ्य पहलहरूलाई थप अवरुद्ध गर्न सक्छ ।

ट्रम्पले डब्लुएचओसँगको सम्बन्ध तोड्न खोजेको यो दोस्रो पटक हो ।

आफ्नो पहिलो कार्यकालमा संयुक्त राज्य अमेरिकाले महामारीको सुरुआती चरणमा सङ्गठन चीनबाट अत्यधिक प्रभावित भएको आरोप लगाउँदै फिर्ता हुने आशयको सूचना जारी गरेको थियो ।   त्यो कदम पछि पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनअन्तर्गत उल्ट्याइएको थियो ।

– चीनद्वारा समर्थनको प्रतिज्ञा –    

बेइजिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बेइजिङले डब्लुएचओलाई समर्थन जारी राख्ने बताएका छन् । “डब्लुएचओको भूमिका कमजोर नभई बलियो मात्र हुनुपर्छ”, गुओ जियाकुनले भन्नुभयो, “चीनले सधैँझैँ डब्लुएचओलाई आफ्नो जिम्मेवारी पूरा गर्न सहयोग गर्नेछ… र मानवताका लागि स्वास्थ्यको साझा समुदाय निर्माण गर्ने दिशामा काम गर्नेछ ।”

आफ्नो नयाँ कार्यकारी आदेशमा ट्रम्पले एजेन्सीहरूलाई ‘संयुक्त राज्य सरकारको कुनै पनि कोष, समर्थन, वा विश्व स्वास्थ्य सङ्गठनलाई स्रोतहरू हस्तान्तरणलाई रोक्न’ र ‘विश्व स्वास्थ्य सङ्गठनले पहिले गरेको आवश्यक गतिविधिहरू ग्रहण गर्न विश्वसनीय र पारदर्शी संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय साझेदारहरूको पहिचान गर्न’ निर्देशन दिनुभएको छ ।

प्रशासनले बाइडेनको सन् २०२४ को अमेरिकी विश्वव्यापी स्वास्थ्य सुरक्षा रणनीतिको समीक्षा र खारेज गर्ने योजना पनि घोषणा गरेको छ । उक्त रणनीति सङ्क्रामक रोगका खतराहरूलाई ‘सकेसम्म चाँडो’ रोक्न, पत्ता लगाउन र प्रतिक्रिया दिन डिजाइन गरिएको थियो ।

धेरै विज्ञहरूले अमेरिका फिर्ता भएकोमा चिन्ता व्यक्त गरेका छन् । “हामी डब्लुएचओलाई यसबाट टाढा गएर अझ प्रभावकारी बनाउन सक्दैनौँ”, बाराक ओबामाको नेतृत्वमा रहेका पूर्व वरिष्ठ स्वास्थ्य अधिकारी टम फ्रिडेनले एक्समा लेख्नुभएको छ, “फिर्ता हुने निर्णयले अमेरिकाको प्रभाव कमजोर बनाउँछ, घातक महामारीको जोखिम बढाउँछ र हामी सबैलाई कम सुरक्षित बनाउँछ ।”

अन्यले सङ्गठनबाट फिर्ता हुँदा संयुक्त राज्य अमेरिकाले महत्त्वपूर्ण महामारी निगरानी डाटामा विशेषाधिकार प्राप्त पहुँच गुमाउने हुनाले विदेशबाट आउने स्वास्थ्य खतराहरूको निगरानी र रोकथाम गर्ने क्षमतालाई हानि पु¥याउन सक्ने चेतावनी दिएका छन् ।

“खोपहरू प्राप्त गर्ने पहिलो हुनुको सट्टा हामी लाइनको पछाडि हुनेछौँ”, जर्जटाउन विश्वविद्यालयका जनस्वास्थ्य कानूनका प्राध्यापक लरेन्स गोस्टिनले एक्समा लेख्नुभयो, “डब्लुएचओबाट फिर्ता हुनाले अमेरिकी सुरक्षा र नवप्रवर्तनमा हाम्रो प्रतिस्पर्धात्मक धारमा गहिरो घाउ पार्छ ।”  रासस/एएफपी

वि.सं.२०८१ माघ ८ मंगलवार १५:३२ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कले ऋण लगानी गर्ने 

सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कले ऋण लगानी गर्ने 

वि.सं.२०८१ माघ २५ शुक्रवार ०७:०५

काठमाडौँ: गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४ दशमलव ६...

यसकारण हुन सकेन अपेक्षित सार्वजनिक खर्च   

यसकारण हुन सकेन अपेक्षित सार्वजनिक खर्च   

वि.सं.२०८१ माघ २५ शुक्रवार ०६:५९

काठमाडौँ : सरकारले सार्वजनिक खर्च अपेक्षाकृत रूपमा बढ्न नसक्नुका १०...

छ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण   

छ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण   

वि.सं.२०८१ माघ २५ शुक्रवार ०६:५५

काठमाडौँ : चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू सात...

राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक देखिएन, २५.७० प्रतिशत खर्च   

राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक देखिएन, २५.७० प्रतिशत खर्च   

वि.सं.२०८१ माघ २५ शुक्रवार ०६:५२

काठमाडौँ : सरकारले विकास निर्माणमार्फत नागरिकलाई सहज सेवा प्रदान गर्ने,...

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च   

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च   

वि.सं.२०८१ माघ २५ शुक्रवार ०६:४७

काठमाडौँ : चालु आर्थिक वर्षको छ महिनामा रू छ खर्ब...

तराईका केही भागमा हुस्सु, अन्य स्थानको मौसम सफा रहने   

तराईका केही भागमा हुस्सु, अन्य स्थानको मौसम सफा रहने   

वि.सं.२०८१ माघ २५ शुक्रवार ०६:४३

काठमाडौँ : जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी...