back
NMB Ad

सूर्य नेपाल वेस्टर्न ओपन बुधवारदेखि सुरू हुँदै

Royal Enfield Inside Page Banner

पोखरा । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन भोलि देखि सुरू हुँदैछ। २५औं संस्करणको यो प्रतियोगिता पोखराको हिमालयन गल्फ कोर्समा हुनेछ।

५४ होलको तीन दिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८ एमेच्योर गल्फरहरूले दाबेदारी प्रस्तुत गर्नेछन। माछापुच्छ्रे हिमालको मनमोहक दृश्य र विजयपुर नदीको किनारमा अवस्थित प्राकृतिक रूपमा आकर्षक हिमालयन गल्फ कोर्सलाई कठिन कोर्स मानिन्छ। त्यसैले प्रतिस्पर्धी गल्फरसँगै गल्फ कोर्सको चुनौती पनि खेलाडीहरूलाई रहनेछ। यो कोर्सलाई गल्फ डाइजेस्टले संसारकै रोमाञ्चक गल्फ कोर्सहरूमध्ये एक भनेर मूल्यांकन समेत गरेको थियो।

यो संस्करणमा पुरस्कार राशी वृद्धि गरेर ८ लाख ८२ हजार बनाइएको छ। विजेताले १ लाख ५० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख र ७२ हजार प्राप्त गर्नेछन्। शीर्ष २१ मा पर्ने गल्फरहरूले पनि नगद हात पार्नेछन।

डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटीसँगै, निरज तामाङ, धन थापा, सञ्जय लामा र जयराम श्रेष्ठलाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ। गत संस्करण रेकर्ड स्कोरमा उपाधि जितेका भुवनले यो सिजन कुनै पनि उपाधि जित्न सकेका छैनन। उनलाई यो सिजन पहिलो उपाधि जित्ने चुनौती समेत रहनेछ। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र सूर्य नेपाल सेन्ट्रल ओपनका विजेता राहुल विकेले भने यस पटक सहभागीता नजनाउने भएका छन।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित र सूर्य नेपाल प्रा.लि. द्वारा प्रायोजित प्रतियोगितामा ३६ होलको समाप्तीमा कट लागु हुनेछ। शनिबार प्रो-एम प्रतियोगिता हुनेछ।

वि.सं.२०८१ माघ ८ मंगलवार १६:१३ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात   

पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात   

वि.सं.२०८१ माघ २८ सोमवार १७:५३

भद्रपुर (झापा), २८ माघः काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा...

एस.के. इनर्जी डेभलपमेन्टले आईपीओ निष्काशन गर्ने

एस.के. इनर्जी डेभलपमेन्टले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ माघ २८ सोमवार १७:४७

काठमाडौं । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

प्रतिनिधिसभाद्वारा सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ सर्वसम्मत पारित   

प्रतिनिधिसभाद्वारा सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ सर्वसम्मत पारित   

वि.सं.२०८१ माघ २८ सोमवार १७:३३

काठमाडौँ : प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत...

माघ सकिनै लाग्दा न हिउँ न वर्षा   

माघ सकिनै लाग्दा न हिउँ न वर्षा   

वि.सं.२०८१ माघ २८ सोमवार १७:३०

राम थापा गण्डकी, २८ माघ : यसपालिको हिउँदयाममा हिमाली जिल्लामा...

अर्बिट इनर्जीले ५० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

अर्बिट इनर्जीले ५० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

वि.सं.२०८१ माघ २८ सोमवार १७:२३

काठमाडौ । अर्बिट इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

रोयल इनफिल्ड महा राइड : जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा, यस्ता छन् उदेश्य

रोयल इनफिल्ड महा राइड : जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा, यस्ता छन् उदेश्य

वि.सं.२०८१ माघ २८ सोमवार १७:०९

जनकपुर : रोयल इनफिल्ड प्रेमीहरूको लागि एउटा विशेष उत्सवको रूपमा,...