back
NMB Ad

पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु

Royal Enfield Inside Page Banner

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य आजबाट सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबलकार निर्माणको कार्य आजैबाट सुरु भएको जानकारी दिएका छन् ।

जिल्लाका सबै राजनीतिक दलहरू, माननीयहरू, स्थानीय जनप्रतिनिधिहरू तथा स्थानीयवासी, सरकारी निकाय सहित सुरक्षा निकाय समेतको सहयोग र समन्वयमा काम अघि बढेकाले निर्माणको अबको चरण द्रुत गतिमा अघि बढ्ने पनि इन्द्र केदेमले उल्लेख गरेका छन् ।

केबलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले पाथीभरा केबलकार निर्माण भई सञ्चालनमा आउँदा ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र समग्र कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशे ढुङ्गा बन्ने बताउँदै केबलकार निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइने बताएका छन् ।

पौडेलले अबको १५ महिना भित्र केबलकार चढेर पाथीभरा देवीको दर्शन गर्न सकिने विश्वास पनि दिलाएका छन् । यो केबलकारले अशक्त वृद्ध वृद्धा तथा बालबालिका लगायतका भक्तजनलाई समेत पाथीभरा देवीको दर्शन गर्न सहज हुने छ । पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि पाथीभरा केबलकार अनुपम उदाहरण बन्ने पनि सञ्चालक पौडेलले उल्लेख गरेका छन् ।

यो परियोजना सम्पन्न हुँदा पाथीभरा देवीको दर्शन गर्न आउने पर्यटकहरूको सख्याँ १० लाख सम्म पुग्ने विश्वास कम्पनीले लिएको छ । केबलकार सञ्चालनले पाथीभरा देवीको दर्शनको मौका सबैले सहजै प्राप्त गर्दा भक्तजनको सख्यां ह्वात्तै बढ्ने छ । यसका साथै केबलकार परियोजनाले ताप्लेजुङलाई सुरक्षित, दिगो तथा विश्व स्तरीय पर्यटन उत्पादन र सेवा सुविधाहरू सहितको विश्व प्रसिद्ध एक अनुपम पर्यटन गन्तव्यको रूपमा स्थापित गर्नको लागि सहयोग पुग्ने छ ।
पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार सञ्चालन तथा व्यवस्थापन आइएमई ग्रुपले गरिरहेको छ ।

आइएमई ग्रुपले केबलकार निर्माण तथा सञ्चालनमा डेढ दशक लामो अनुभव हासिल गरिसकेको छ। काठमाण्डौंको चन्द्रागिरिमा पहिलो केबलकार निर्माण गरी काठमाण्डौंमा नयाँ उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ भने नवलपुरको मौलाकाली र बुटवलको लुम्बिनी केबलकारको निर्माण पुरा भई सञ्चालनमा छन् । यी दुवै केबलकार तोकिएको समयभन्दा अघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आएका हुन् । कर्णालीको जालपादेवी केबलकार निर्माणको काम द्रुत गतिमा अघि बढेको छ ।

अव पाथीभरा देवी दर्शन केबलकारको काम छिटो भन्दा छिटो सम्पन्न गरी नेपालको पर्यटन बजारमा थप गेम चेन्जर परियोजनाहरू अघि बढाउने कार्यमा हातेमालो गर्न पनि आइएमई ग्रुपले सबै पक्षसँग आह्वान गरेको छ ।

वि.सं.२०८१ माघ ८ मंगलवार १७:५५ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई पाँच लाख सहयोग

सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई पाँच लाख सहयोग

वि.सं.२०८१ माघ २३ बुधवार २०:२१

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतीका काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतीका काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८१ माघ २३ बुधवार २०:१०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको...

रवि लामिछानेलाई हिरासत पठाइयो

रवि लामिछानेलाई हिरासत पठाइयो

वि.सं.२०८१ माघ २३ बुधवार १७:४२

चितवन । रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा...

काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

वि.सं.२०८१ माघ २३ बुधवार १७:३५

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

‘सहर–विनाशक’ क्षुद्रग्रहले पृथ्वीमा ठक्कर दिन सक्छ, हामी कति चिन्तित हुनुपर्छ ?   

‘सहर–विनाशक’ क्षुद्रग्रहले पृथ्वीमा ठक्कर दिन सक्छ, हामी कति चिन्तित हुनुपर्छ ?   

वि.सं.२०८१ माघ २३ बुधवार १६:५५

वासिङ्टन : हिरोसिमा बमभन्दा सयौँ गुणा बढी ऊर्जा निकाल्दै आकाशमा...

महिला क्रिकेटः नेदरल्याण्ड्ससँग नेपाल पराजित   

महिला क्रिकेटः नेदरल्याण्ड्ससँग नेपाल पराजित   

वि.सं.२०८१ माघ २३ बुधवार १६:२६

काठमाडौँ : नेपाल त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ...