back
Kumari Bank

मकवानपुर ट्राफिकले छ महिनामा सङ्कलन गर्याे एक करोड ३२ लाख राजस्व   

Nepal Bank

बागमती :  जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइ गरेपछि राजस्व सङ्कलनमा वृद्धि भएको छ ।

ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कडाइ गरेपछि चालु आर्थिक वर्ष २०८१÷८२ को छ महिनाको अवधिमा रु एक करोड ३२ लाखभन्दा बढी राजस्व सङ्कलन भएकोे सो कार्यालयले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार चालु आवको साउनदेखि पुस मसान्तमा रु एक करोड ३२ लाख २४ हजार ५०३ राजस्व सङ्कलन भएको छ ।

सो अवधिमा विभिन्न किसिमका १७ हजार ४१ सवारी माथि कारवाही गरी सो राजस्व सङ्कलन गरिएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । यो अघिल्लो अर्थिक वर्षको सो अवधिको तुलनामा रु १६ लाख २० हजार ५०० बढी राजस्व सङ्कलन भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को छ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले १५ हजार ८५५ सवारी साधनमाथि कारवाही गरी रु एक करोड १६ लाख चार हजार राजस्व सङ्कलन गरेको थियो ।

यस्तै सो अवधिमा मकवानपुरमा भएको १९६ सवारी दुर्घटनामा २० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ९४ जना गम्भिर घाइते भएका छन् ।

ट्राफिक जाँचमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनचेतनामुलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

वि.सं.२०८१ माघ ९ बुधवार १२:२७ मा प्रकाशित

You can share this post!

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

वि.सं.२०८२ असार २० शुक्रवार १७:१०

काठमाडौं । ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स...

लागत नजिक अण्डाको मूल्य   

लागत नजिक अण्डाको मूल्य   

वि.सं.२०८२ असार २० शुक्रवार १६:५४

नारायणगढ (चितवन) : गर्मी मौसमका कारण अण्डाको उत्पादन घटेसँगै यसको...

मञ्जुश्री फाइनान्सद्वारा केडिया आँखा अस्पताललाई एसी सहयोग

मञ्जुश्री फाइनान्सद्वारा केडिया आँखा अस्पताललाई एसी सहयोग

वि.सं.२०८२ असार २० शुक्रवार १६:४८

वीरगञ्ज : संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो...

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित   

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित   

वि.सं.२०८२ असार २० शुक्रवार १६:४१

काठमाडौँ : राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन्...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार २० शुक्रवार १६:२७

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

नेपालले मात्रै चाहेर पनि भारु ५०० देखि माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल   

नेपालले मात्रै चाहेर पनि भारु ५०० देखि माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल   

वि.सं.२०८२ असार २० शुक्रवार १६:०४

काठमाडौँ : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले मात्रै चाहेर...