back
NMB Ad

गोदाममा मल छ, किसानले पाउँदैनन्   

Royal Enfield Inside Page Banner

सिरहा : लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा रासायनिक मल मौज्दाद हुँदा पनि यहाँका किसानले मल पाएका छैनन् । मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्ने मलको सङ्ख्या एकीन नगर्दा किसानले मल नपाएका हुन् ।

कृषि सामग्री कम्पनी लिमिटेड लहानका शाखा प्रबन्धक दीपराज पौडेलले मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्ने मलको सङ्ख्या एकीन नगर्दा रासायनिक मल वितरणमा ढिलाइ भएको बताउनुभयो । “प्रदेश सरकारबाट जग्गा क्षेत्रफलको अनुसार सम्बन्धित मन्त्रालयले स्थानीय तहलाई मल वितरण गर्ने रासायनिक मलको मात्रा लेखी पठाउनुपर्ने हुन्छ”, उहाँँले भन्नुभयो, “मन्त्रालयबाट पत्र आउन ढिला भएको कारण समस्या परेको हो । पत्र प्राप्त हुनासाथ मल वितरणको प्रक्रिया अगाडि बढ्छ ।”

लहानस्थित कृषि सामग्री कम्पनीले कोशी प्रदेशका खोटाङ, ओखलढुङ्गा, सोलु र मधेस प्रदेशको सिरहामा रासायनिक मल वितरण आएको छ । प्रबन्धक पौडेलका अनुसार कोशी प्रदेशले आफ्ना जिल्लामा पठाउनुपर्ने मलको सङ्ख्या उल्लेख गरी पठाइसकिएकाले कोशी प्रदेशका ती जिल्लामा माघको पहिलो हप्ताभित्रै मल वितरण गरिसकिएको छ ।

प्रक्रियागत त्रुिटका कारण गहुँमा रासायनिक मल हाल्ने ‘पिक’ समय हुँदासमेत कृषकले मल पाएका छैनन् तर सामग्री कम्पनीको गोदाममा हाल पाँच सय मेट्रिक टन डिएपी र सात सय मेट्रिक टन युरिया मल मौज्दाद रहेको कार्यालयले जनाएको छ ।

वि.सं.२०८१ माघ ९ बुधवार १२:३९ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कले ऋण लगानी गर्ने 

सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कले ऋण लगानी गर्ने 

वि.सं.२०८१ माघ २५ शुक्रवार ०७:०५

काठमाडौँ: गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४ दशमलव ६...

यसकारण हुन सकेन अपेक्षित सार्वजनिक खर्च   

यसकारण हुन सकेन अपेक्षित सार्वजनिक खर्च   

वि.सं.२०८१ माघ २५ शुक्रवार ०६:५९

काठमाडौँ : सरकारले सार्वजनिक खर्च अपेक्षाकृत रूपमा बढ्न नसक्नुका १०...

छ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण   

छ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण   

वि.सं.२०८१ माघ २५ शुक्रवार ०६:५५

काठमाडौँ : चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू सात...

राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक देखिएन, २५.७० प्रतिशत खर्च   

राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक देखिएन, २५.७० प्रतिशत खर्च   

वि.सं.२०८१ माघ २५ शुक्रवार ०६:५२

काठमाडौँ : सरकारले विकास निर्माणमार्फत नागरिकलाई सहज सेवा प्रदान गर्ने,...

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च   

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च   

वि.सं.२०८१ माघ २५ शुक्रवार ०६:४७

काठमाडौँ : चालु आर्थिक वर्षको छ महिनामा रू छ खर्ब...

तराईका केही भागमा हुस्सु, अन्य स्थानको मौसम सफा रहने   

तराईका केही भागमा हुस्सु, अन्य स्थानको मौसम सफा रहने   

वि.सं.२०८१ माघ २५ शुक्रवार ०६:४३

काठमाडौँ : जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी...