back
Kumari Bank

पाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाख भेटी सङ्कलन   

Nepal Bank

ताप्लेजुङ : यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साउनदेखि पुस मसान्तसम्मको अवधिमा दर्शन गर्न आउने भक्तजनबाट रु एक करोड ३० लाख २४ हजार ४५६ भेटी र दान सङ्कलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार सोही अवधिमा एक लाख छ हजार ६२३ जना भक्तजनले मन्दिरको दर्शन गरेका छन् । समितिले चालु आर्थिक वर्षको छ महिनाको भेटीघाटी तथा दर्शनार्थीको सङ्ख्या सार्वजनिक गरेको छ । पाथीभरा क्षेत्र धार्मिक आस्थाको केन्द्र भएकाले हरेक वर्ष लाखौँ भक्तजन यहाँ पुग्ने गर्छन् ।

भेटी र दानबाट सङ्कलित रकम पाथीभराको संरक्षण, सम्वर्द्धन तथा दर्शनार्थीलाई थप सुविधा उपलब्ध गराउने, पूर्वाधार निर्माणलगायतका काममा खर्च हुँदै आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।

पाथीभरा धाम नेपालका प्रमुख शक्तिपीठमध्ये पूर्वकै एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरामा विशेषगरी बडा दसैँ, तिहार, चैते दसैँ र अन्य चाडपर्वका बेला भक्तजनको उल्लेख्य उपस्थिति हुने गर्छ । पाथीभरा देवीको दर्शनले मनोकाङ्क्क्षा पूरा हुने जनविश्वास छ ।

दर्शनार्थीको बढ्दो चापलाई व्यवस्थित गर्न समितिले नयाँ संरचना र सेवा सुधारका योजना क्रमशः सञ्चालन गरिरहेको छ । पाथीभरा क्षेत्रमा खानेपानी, पदमार्गमा शौचालय व्यवस्थापन, विभिन्न गाउँबाट पाथीभरा जाने पदमार्ग निर्माण, पूजास्थलका साथै मन्दिर परिसर व्यवस्थापन, मन्दिर परिसरमा वृक्षरोपण, पर्यटक प्रहरी पोष्टको स्थापना, पार्किङस्थलको निर्माणलगायतका कार्य गर्दै आएको समितिले जनाएको छ ।

वि.सं.२०८१ माघ ९ बुधवार १३:२३ मा प्रकाशित

You can share this post!

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर   

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:५७

राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय...

प्रधानमन्त्री ओली स्वदेश फर्कदै   

प्रधानमन्त्री ओली स्वदेश फर्कदै   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:४७

काठमाडौँ  : विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन...

आजको लागि विदेशी मुद्राको विनिमयदर   

आजको लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:३८

काठमाडौँ  : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको मौसम : यी स्थानमा भारी वर्षा हुने पूर्वानुमान   

आजको मौसम : यी स्थानमा भारी वर्षा हुने पूर्वानुमान   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:३३

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

आज २० आषाढ २०८२ शुक्रवार, कस्तो रहला तपाईको राशिफल ?

आज २० आषाढ २०८२ शुक्रवार, कस्तो रहला तपाईको राशिफल ?

वि.सं.२०८२ असार २० शुक्रवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

फेरि बढ्यो अन्डाको भाउ, प्रतिक्रेट कति ?

फेरि बढ्यो अन्डाको भाउ, प्रतिक्रेट कति ?

वि.सं.२०८२ असार १९ बिहीवार १८:२६

काठमाडौँ । १० दिनअघि मात्रै मूल्य समायोजन गरिएको अन्डाको भाउ...