back
NMB Ad

कालीगण्डकी कोरिडोर : मार्फाखोलामा मोटरेबल पुल निर्माण   

Royal Enfield Inside Page Banner

म्याग्दी : चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले एक सय २० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । आयोजना प्रमुख धु्रबकुमार झाले पुलको सबै संरचना र पहुँचमार्ग निर्माण सकेर सवारी साधन सञ्चालन हुन थालेका जानकारी दिनुभयो ।

“चिसोका कारणले रोकिएको पुलको पहुँचमार्ग कालोपत्र गर्ने काम गर्मी शुरु भएपछि हुन्छ,” उहाँले भन्नुभयो “मार्फाखोलामा बाढी आउँदा बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध हुने समस्या हटेको छ ।”

धौलागिरि दोस्रो र टुकुचेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लदा मार्फाखोलामा चैत देखि असोज महिनासम्म दिउँसो र साँझपख मार्फाखोलामा बाढी आउने गर्छ ।

पक्कि पुल सञ्चालन भएपछि कच्चि र अस्थायी पुल तथा खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने समस्या हटेको आयोजना प्रमुख झाले बताउनुभयो ।

मार्फाखोला र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङको नरसिङखोलामा मोटरेबल पुल निर्माणका लागि छ वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले रु. २१ करोड ६० लाखमा ठेक्का सम्झौता गरेको थियो ।

जोमसोम देखि कागबेनी–छुसाङ –उपल्लो मुुस्ताङ हुदै चिनको सिमाना कोरला नाका जोड्ने सडक अन्र्तगत रहेको नरसिङ खोलाको ९० मिटर लामो मोटरेबल पुल गत भदौमा निर्माण सकिएको थियो । कोरोना महामारी, प्रतिकुल भूगोल, मौसम, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव लगायतका कारणले ढिलाई भएको निर्माण कम्पनीका प्रतिनिधी सुदिप खड्काले बताउनुभयो ।

पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दुुरिको बेनी–जोमसोम कोरला सडक अन्तर्गत २४ मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १२ निर्माण सकिएको, दुई निर्माणाधीन, पाँचवटाको ठेक्का तोडेको र पाँचवटा पुल निर्माणको प्रक्रीयामा छन् । २०७३/०७४ देखि शुुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको छ ।

वि.सं.२०८१ माघ ९ बुधवार १४:२४ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

वि.सं.२०८१ माघ २२ मंगलवार १४:२४

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा...

नेपाललाई जितका लागि १०७ रनको लक्ष्य   

नेपाललाई जितका लागि १०७ रनको लक्ष्य   

वि.सं.२०८१ माघ २२ मंगलवार १४:०९

काठमाडौँ : त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको खेलमा थाइल्याण्डले नेपाल...

चीनले अमेरिकाविरुद्ध प्रतिशोधात्मक भन्सार दर लगायो   

चीनले अमेरिकाविरुद्ध प्रतिशोधात्मक भन्सार दर लगायो   

वि.सं.२०८१ माघ २२ मंगलवार १३:५८

बेइजिङ : चीनले मङ्गलबार चिनियाँ सामानमा लगाएको १० प्रतिशत भन्सार दरको...

आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो   

आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो   

वि.सं.२०८१ माघ २२ मंगलवार १३:४७

कमलकुमार बस्नेत  काठमाडौँ, २२ माघः टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको...

ट्रम्पको निमन्त्रणामा मोदी अर्को हप्ता ह्वाइट हाउस जाने   

ट्रम्पको निमन्त्रणामा मोदी अर्को हप्ता ह्वाइट हाउस जाने   

वि.सं.२०८१ माघ २२ मंगलवार १३:०४

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदीले...

हलेसी तुवाचुङमा घरेलु मदिरालाई औद्योगिकीकरण गर्न प्रवर्द्धनको काम थालियो   

हलेसी तुवाचुङमा घरेलु मदिरालाई औद्योगिकीकरण गर्न प्रवर्द्धनको काम थालियो   

वि.सं.२०८१ माघ २२ मंगलवार १२:५४

केदार मगर, खोटाङ : हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय रक्सी (घरेलु...