
काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य हरियाली छाएको छ । उक्त दिन बजार ५२.३६ अंकले बढेर २६६५.४५ को विन्दुमा कायम भएको छ ।
उक्त दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६१ करोड ३६ लाख ४८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको ४१ करोड २९ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन हिमालयन रिइन्स्योरेन्स कम्पनीको ३१ करोड ९६ लाख ९५ हजार रुपैंया, सिइडिबी हाइड्रोपावरको २९ करोड ४२ लाख ६० हजार रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको २५ करोड ८ लाख २८ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८१ माघ ९ बुधवार १५:१२ मा प्रकाशित