
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा सहास उर्जा लिमिटेडको ८ प्रतिशत बोनस बापतको २८ लाख र कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यसैगरी, सगरमाथा लजविद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस वापतको ५ लाख ३२ हजार कित्ता गरी जम्मा ३३ लाख ३२ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
सूचीकृतपश्चात् उक्त कम्पनीहरुको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
वि.सं.२०८१ माघ ९ बुधवार १६:१७ मा प्रकाशित