back
NMB Ad

विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित   

Royal Enfield Inside Page Banner

काठमाडौँ : आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो ।

अष्ट्रेलियाले दिएको एक सय ४० रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ५६ रनमा समेटियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन जोडिन् । पूजाबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । अष्ट्रेलियाका लागि जुलिटि मोर्टोन, लिली बासिङ्थवाइट र हसरत गिलले समान दुई/दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३९ रनको योगफल तयार गरेको थियो । अष्ट्रेलियाका लागि काइम्हे ब्रेले ३४ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४५ रन बनाएकी हुन् । इलियनर लारोसाले ३९ बलमा तीन चौका प्रहार गर्दै ३१ रन बनाइन् । हसरत गिलले ३०, क्लोइ क्याथरिनले अविजित १६ र इनेस आकेओनले आठ रन बनाइन् ।

बलिङतर्फ नेपालकी कप्तान पूजा महतोले तीन विकेट लिइन् भने सीमना केसीले दुई र रिया शर्माले एक विकेट झारेकी थिइन् । विश्वकपमा नेपालको यो लगातार तेस्रो हार हो । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो ।

यो जितसँगै अष्ट्रेलियाले समूह चरणको खेलमा अपराजित रहँदै सुपर सिक्समा छनोट भएको छ । अष्ट्रेलियाले यसअघि स्कटल्याण्डलाई नौ र बङ्गलादेशलाई दुई विकेटले पराजित गरेको थियो ।

वि.सं.२०८१ माघ ९ बुधवार १६:२७ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात   

पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात   

वि.सं.२०८१ माघ २८ सोमवार १७:५३

भद्रपुर (झापा), २८ माघः काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा...

एस.के. इनर्जी डेभलपमेन्टले आईपीओ निष्काशन गर्ने

एस.के. इनर्जी डेभलपमेन्टले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ माघ २८ सोमवार १७:४७

काठमाडौं । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

प्रतिनिधिसभाद्वारा सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ सर्वसम्मत पारित   

प्रतिनिधिसभाद्वारा सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ सर्वसम्मत पारित   

वि.सं.२०८१ माघ २८ सोमवार १७:३३

काठमाडौँ : प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत...

माघ सकिनै लाग्दा न हिउँ न वर्षा   

माघ सकिनै लाग्दा न हिउँ न वर्षा   

वि.सं.२०८१ माघ २८ सोमवार १७:३०

राम थापा गण्डकी, २८ माघ : यसपालिको हिउँदयाममा हिमाली जिल्लामा...

अर्बिट इनर्जीले ५० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

अर्बिट इनर्जीले ५० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

वि.सं.२०८१ माघ २८ सोमवार १७:२३

काठमाडौ । अर्बिट इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

रोयल इनफिल्ड महा राइड : जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा, यस्ता छन् उदेश्य

रोयल इनफिल्ड महा राइड : जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा, यस्ता छन् उदेश्य

वि.सं.२०८१ माघ २८ सोमवार १७:०९

जनकपुर : रोयल इनफिल्ड प्रेमीहरूको लागि एउटा विशेष उत्सवको रूपमा,...