back
NMB Ad

टाटाले नेपाली बजारमा ल्यायो ‘नेक्सन केथ्री इभी’, यस्ता छन् फिचर र मूल्य

काठमाडौँ : भारतको अग्रणी विद्धुतीय  गाडी निर्माता टाटा मोटर्सले आफ्नो चर्चित नेक्सन ब्राण्डको नयाँ संस्करण ‘नेक्सन केथ्री इभी’को नेपाली बजारमा बुकिङ्ग खुल्ला गरेको छ ।  टाटाको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच ४५ किलोवाट ब्याट्री क्षमताको नयाँ नेक्सनको डिजाइन सार्वजनिक  गरेसँगै बिक्रीका लागि बुकिङ्ग खुल्ला गरेको हो ।

कम्पनीका अनुसार, नयाँ ४५ किलोवाट ब्याट्री क्षमता भएको यस सीयुभी (क्रसओभर युटिलिटी भेहिकल) नवीन प्रविधि, आकर्षक डिजाइन, उच्च कार्यकौशलता एवं अत्याधुनिक आरामदायी  सुविधाहरुले  सम्पन्न रहेको छ ।

नेक्सन केथ्री.इभीको सुरुवाती मूल्य ४८.९९ लाख रुपैयाँ रहेको छ। साथै, सुरुवाती अफरमा ग्राहकहरुलाई ७.२ किलोवाटको एसी फास्ट चार्जर गाडीसँगै निःशुल्क उपलब्ध गराइनेछ ।

कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत  राजन बाबु श्रेष्ठले भने,- ‘सिप्रदी ट्रेडिङ प्रा.लि. र टाटा मोटर्स बिचको सहकार्यमा पहिलो पटक विद्धुतीय गाडी  नेक्सन इभी प्राइम २०२१ मा नेपालमा विक्री/वितरण सुरु गरिएको थियो।  यसलाई नेपाली  ग्राहकहरुले अत्याधिक रुपमा मनपराई दिनुभयो। ग्राहकहरुको त्यहीँ विश्वासलाई आत्मसाथ गर्दै हामीले नेपालको इभी इको सिस्टममा लगानी गर्‍यौं । अहिले हामी गर्वका साथ भन्न सक्छौ कि सिप्रदीले नेपालको सबैभन्दा ठूलो इभी इको सिस्टम, जसमा १८५  भन्दा बढी चार्जिङ स्टेशन, १६ भन्दा बढी सर्भिस सेन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ।  आइतबारबाट बुकिङ्ग सुरु भएको नेक्सन केथ्री.इभीको बिक्रिसँगै, बिक्रिपश्चात्को सेवालाई पनि उत्तिकै ध्यान राख्ने छौं ।’

टाटा प्यासेन्जर अन्तर्गतको  इलेक्ट्रीक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार  प्रमुख यश खंडेलवालका अनुसार,- ‘नेपालभर ३,०००  भन्दा बढी सन्तुष्ट  ग्राहकहरूको साथ सहित नेक्सन केथ्री.इभीले नेपाली बजारमा आफ्नो विशिष्ट छवि  बनाइसकेको छ।  हामीले नेपाली ग्राहकहरूको यो माया एवं विश्वासको कदर स्वरुप आज नेक्सन केथ्री.इभीको बुकिङ्ग सुरु गरेका छौं, र प्रविधि, डिजाइन, आराम एवं सुरक्षाको नयाँ मानक स्थापित गरेको यस गाडीले ग्राहकहरुको यात्रा अनुभवलाई नयाँ उचाईमा पुर्‍याउने विश्वास समेत लिएका छौं ।’

नेक्सन केथ्री.इभी बारे थप जानकारीः

४५ किलोवाट ब्याट्री प्याकले   सुसज्जित नेक्सन केथ्री.इभीले नेपाली बाटोमा ३२५ किमिको रेन्ज दिनेछ ।

यस्तै,  ब्याट्री प्याक र मोटरमा ८ वर्ष वा १,६०,००० कि.मि.  (जुन पहिले आउँछ) वारेन्टी सुनिश्चित गरिएको छ । ठूलो पानारोमिक सनरुफ, आधुनिक ड्यासबोर्ड, ३६० डिग्री क्यामेरा समेत नेक्सन केथ्री. इभीमा उपलब्ध छ ।

नेक्सन केथ्री.इभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३५० लिटरको बुट स्पेस रहेको छ ।

नेक्सन केथ्री.इभीको बुकिङ्ग टाटा कार नेपालको वेबसाइटबाट गर्न सकिन्छ :  https://tatacars.sipradi.com.np/vehicle/bookvehicle/nexon-k3-ev

वि.सं.२०८१ माघ २१ सोमवार ०६:४१ मा प्रकाशित

You can share this post!

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:४१

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज...

नेपालको अर्थतन्त्रमा ५.१ प्रतिशत वृद्धि: यातायात, निर्माण र कृषि क्षेत्र प्रमुख योगदानकर्ता

नेपालको अर्थतन्त्रमा ५.१ प्रतिशत वृद्धि: यातायात, निर्माण र कृषि क्षेत्र प्रमुख योगदानकर्ता

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:३३

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:२५

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

आज १४ चैत्र २०८१ बिहिवार, कुन राशिको कस्तो रहला ?

आज १४ चैत्र २०८१ बिहिवार, कुन राशिको कस्तो रहला ?

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन   

बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन   

वि.सं.२०८१ चैत १३ बुधवार २०:४८

काठमाडौँ : नेपालमा ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक...

काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलियम पदार्थको आयात   

काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलियम पदार्थको आयात   

वि.सं.२०८१ चैत १३ बुधवार २०:४५

भद्रपुर (झापा) : चालु आर्थिक वर्षको आठ महिनामा पूर्वी नाका...