back
NMB Ad

काठमाडौँका विभिन्न स्थानमा आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने   

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने भएको छ ।

ती फिडरअन्तर्गतका स्थानमा आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार माघ २१ गते भत्केको पुल (चाबहिल) वरिपरिका क्षेत्र, २२ गते कलङ्की मालपोत वरिपरिका क्षेत्र, २३ गते बालकुमारी, इमाडोल तथा लुभु वरिपरिका क्षेत्र, २४ गते नैकापदेखि बलम्बुसम्मका क्षेत्र, २५ गते बल्खुदेखि चोभार गेटसम्मको क्षेत्र र २७ गते जोरपाटी फिडरअन्तर्गत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्रमा विद्युत् अवरुछ हने छ ।

यस्तै माघ २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मको क्षेत्र र २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुने जनाइएको छ । आठ दिनसम्म विद्युत् आपूर्ति अवरुद्ध हुन गएकामा क्षमा माग्दै प्राधिकरणले मौसम प्रतिकूल रहेमा ‘सटडाउन’ नहुने जनाएको छ ।

वि.सं.२०८१ माघ २१ सोमवार १२:४१ मा प्रकाशित

You can share this post!

तीन दलका शीर्ष नेताबीच छलफल   

तीन दलका शीर्ष नेताबीच छलफल   

वि.सं.२०८१ चैत ११ सोमवार १७:१६

काठमाडौँ : तीन दलका शीर्ष नेताहरुबीच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक विषयमा...

नेपालमा बीमाङ्कीय विज्ञता प्रवर्द्धनका लागि अन्तर्क्रिया सम्पन्न

नेपालमा बीमाङ्कीय विज्ञता प्रवर्द्धनका लागि अन्तर्क्रिया सम्पन्न

वि.सं.२०८१ चैत ११ सोमवार १७:०४

काठमाडौं । नेपाल बीमा प्राधिकरण र संयुक्त अधिराज्यस्थित बीमाङ्कीय संस्था...

ग्लोबल मनी वीक २०२५ः लुम्बिनी विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ग्लोबल मनी वीक २०२५ः लुम्बिनी विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वि.सं.२०८१ चैत ११ सोमवार १६:५१

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ग्लोबल मनी वीकको अवसरमा...

थप ९ लाख ९० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ९ लाख ९० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ चैत ११ सोमवार १६:४१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज थप एक कम्पनीको...

नेप्सेमा दुई कम्पनीको ४६ लाख ७५ हजार कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

नेप्सेमा दुई कम्पनीको ४६ लाख ७५ हजार कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

वि.सं.२०८१ चैत ११ सोमवार १६:२६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार दुई कम्पनीको बोनस...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ चैत ११ सोमवार १५:१६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...