back
NMB Ad

गोलन्जोर गाउँपालिकालाई सेनिटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण

सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकालाई सेनिटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरिएको छ । ब्याक टु लाइफ इभि जर्मनी नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा सामुदायिक पद्धति विकास सेवा (सिएसडिएस) सिन्धुलीले १५ थान सेनिटरी प्याड डिस्पोजल मेसिन गोलन्जोर गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

गाउँपालिकामा एक कार्यक्रमाका विच ब्याक टु लाइफका म्यानेजर अनुप पौडेलले गाउँपालिका अधयक्ष शंकरराज बराललाई आइतबार सेनिटरी डिस्पोजल मेसिन हस्तान्तरण गरेका हुन ।

गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई लक्षित गरी मेसिन उपलब्ध गराएको ब्याक टू लाईफका म्यानेजर पौडेलले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष बरालले हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै, सेनिटरी प्याड वितरण गर्दै आए पनि प्रयोग पश्चात् व्यवस्थापनमा समस्या हुँदै आएकोले यस वर्षबाट गाउँपालिकामा प्राप्त नष्ट गर्ने मेसिन आवश्यकता अनुसार विद्यालयहरुमा पठाउने बताए । बिद्यालयमा अध्यरत किशोरीहरूको स्वास्थ्य र पर्यावरण संरक्षणको दिशामा महत्वपूर्ण कदम हो भनेर जोड दिए। उनले यसले किशोरीहरूलाई स्वच्छता सामग्रीको उचित ब्यबस्थापन गर्न सजिलो हुने र स्वास्थ्य सम्बन्धी समस्याहरू घटाउन मद्दत गर्ने बताए।

विद्यालयमा अध्ययनरत छात्राहरूलाई सेनिटरी प्रयोग पश्चात् व्यवस्थापनमा समस्या देखिएकोमा डिस्पोजल मेसिन प्राप्त पछि व्यवस्थापन गर्न सहज हुने गोलन्जोर गाउँपालिका शिक्षा शाखामा कार्यरत सुस्मा आचार्यले बताइन् । यो मेसिनहरू स्थानीय विद्यालय राखिने छ । प्रयोग भइसकेका सेनिटरी प्याड मेसिनमा हालेपछि मेसिनले जलाएर खरानी बनाउने गर्छ । प्याड जथाभावी फाल्दा फोहोर हुने र शौचालयको प्यान नै टालिने समस्या हुने गरेकाले ब्याक टु लाइफबाट मेसिन सहयोग भएपछि सहज हुने आचार्यले जानकारी दिइन।

वि.सं.२०८१ माघ २१ सोमवार १३:५० मा प्रकाशित

You can share this post!

डोङफेङ नामी ईभी अब मात्र ५ लाख ९९ हजार डाउनपेमेन्टमा, सजिलो फाइनान्सिङ अफर

डोङफेङ नामी ईभी अब मात्र ५ लाख ९९ हजार डाउनपेमेन्टमा, सजिलो फाइनान्सिङ अफर

वि.सं.२०८१ चैत १४ बिहीवार १२:२०

काठमाडौं : नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै डोङफेङ...

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

वि.सं.२०८१ चैत १४ बिहीवार ११:०४

सह प्रा.डा. मधु ज्ञवाली सूर्यको प्रकाश स्वास्थ्यका लागि आवश्यक भए...

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वि.सं.२०८१ चैत १४ बिहीवार १०:४४

काठमाडौं : नेपाली पिउने पानी उद्योगमा नयाँ आयाम थप्ने लक्ष्यसहित...

सुनको भाउमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

सुनको भाउमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

वि.सं.२०८१ चैत १४ बिहीवार १०:३३

काठमाडौं। साताको पाचौ कारोबार दिन सुनको भाउ बढेको छ ।...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

वि.सं.२०८१ चैत १४ बिहीवार १०:२६

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित...

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

वि.सं.२०८१ चैत १४ बिहीवार १०:१९

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...