
काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकले बढोत्तरी आएको छ । उक्त दिन बजार २.४१ अंकले बढेर २७३० को विन्दुमा कायम भएको छ ।
उक्त दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३५ करोड ३० लाख ७५ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सप्तकोशी डेभलपमेन्ट बैंकको ३२ करोड ७३ लाख ४० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन बरुण हाइड्रोपावरको ३० करोड २२ लाख ६३ हजार रुपैंया, सहास उर्जा लिमिटेडको २७ करोड ९१ लाख ७४ हजार रुपैयाँ, एक्सेल डेभलपमेन्ट बैंकको २३ करोड ४८ लाख ७२ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८१ माघ २१ सोमवार १५:१३ मा प्रकाशित