
पोखरा । गण्डकी प्रदेश सरकारले भोली माघ २२ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ ।
गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८१ माघ २१ गते बसेको बैठकले गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा निर्णय गरेको थियो ।
गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै उक्त दिन प्रदेशभित्रका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने बताएको छ ।
वि.सं.२०८१ माघ २१ सोमवार १९:२९ मा प्रकाशित