back
NMB Ad

आज २२ माघ २०८१ मंगलवार, हेर्नुहोस् तपाईको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन बोली र व्यवहारमा सतर्कता अपनाउनुपर्ने हुन्छ। कुनै कुरामा अनपेक्षित खर्च हुनेछ। अरुलाई सल्लाह दिनदेखि बच्नुहोला। यात्रा अलि कष्टदायक रहला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार विस्तारको लागि नयाँ विचारहरू आउनेछन्। आर्थिक रूपमा दिन राम्रो रहेको छ। नकारात्मक विचारबाट टाढा रहनुहोस्। महत्वकांक्षी योजनाहरू गोप्य राख्दा फाइदा हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साहस र पराक्रमले शत्रुहरू पराजित हुनेछन्। विपरीत परिस्थितिमा पनि इष्टमित्रको राम्रो सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायमा धनलाभ रहनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायको लागि गरिएको यात्रामा सफलता मिल्नेछ । परिवारलाई समय दिने कोसिस गर्नुहोला। माङ्लिक कार्यको रूपरेखा बन्नेछ। घरको सजावटमा धन खर्चका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। वैदेशिक कार्यमा उल्झन आउनेछ। सफलताको लागि संघर्ष गर्नुपर्ने रहेको छ। स्वास्थ्यलाई लिएर खानपानमा ध्यान राख्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यस्तताको कारण कुनैपनि कार्य समयमा सम्पादन हुन गाह्रो छ। कार्यक्षेत्रमा अनुभवको फाइदा मिल्नेछ। नेतृत्व क्षमतामा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा लाभ रहनेछ। शेयर बजारबाट मनग्य लाभ प्राप्त गर्न सकिएला। मेला वा कुनै जमघटमा रमाइलो समय बित्नेछ। बनाइएका योजनाहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नोकरी वा पेशामा प्रभाव बढ्नेछ। उद्योग व्यापारमा लाभ मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्न उपयुक्त समय रहेको छ। धार्मिक यात्राबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कार्यक्षेत्रमा उत्साह र उमंगमा वृद्धी हुनेछ। व्यावसायिक जीवनमा सुधार आउनेछ। नोकरी वा पेशामा उच्च पदस्थ अधिकारीहरूको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) टाढाका इष्टमित्रहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। चिताएको कार्यसम्पादन गर्नमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्नेछ। धार्मिक कार्य सफल रहनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परिवारको जमघटको बीचमा घरमा मांगलिक कार्यको चर्चा परिचर्चा हुनेछ। कार्यक्षेत्रमा समय अनुसार प्राथमिकतालाई ध्यान दिएर कार्य गर्नुहोला। व्यापार व्यवसायमा कुनैपनि कुरालाई मनमा नलिनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रचनात्मक कार्यमा रुचि बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा सहायता मिल्नेछ। पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ। ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

 

वि.सं.२०८१ माघ २२ मंगलवार ०६:११ मा प्रकाशित

You can share this post!

मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन   

मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन   

वि.सं.२०८१ चैत १४ बिहीवार १२:४३

मुस्ताङ : उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत बेनी-जोमसोम चौथो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री   

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ चैत १४ बिहीवार १२:३७

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...

यी दुई कम्पनीको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

यी दुई कम्पनीको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

वि.सं.२०८१ चैत १४ बिहीवार १२:२८

काठमाडौं : सपोर्ट लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स ले...

डोङफेङ नामी ईभी अब मात्र ५ लाख ९९ हजार डाउनपेमेन्टमा, सजिलो फाइनान्सिङ अफर

डोङफेङ नामी ईभी अब मात्र ५ लाख ९९ हजार डाउनपेमेन्टमा, सजिलो फाइनान्सिङ अफर

वि.सं.२०८१ चैत १४ बिहीवार १२:२०

काठमाडौं : नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै डोङफेङ...

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

वि.सं.२०८१ चैत १४ बिहीवार ११:०४

सह प्रा.डा. मधु ज्ञवाली सूर्यको प्रकाश स्वास्थ्यका लागि आवश्यक भए...

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वि.सं.२०८१ चैत १४ बिहीवार १०:४४

काठमाडौं : नेपाली पिउने पानी उद्योगमा नयाँ आयाम थप्ने लक्ष्यसहित...