
काठमाडौं। साताको तेस्रो कारोबार दिन सुनको भाउ बढेको छ । उक्त दिन सुन तोलाको १९०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन सोमबार प्रतितोला १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ६४ हजार ७०० रुपैंयामा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ १५ रुपैंयाले बढेको छ । आज चाँदी १ हजार ९३० रुपैयाँमा कारोबार भईरहेको छ ।
वि.सं.२०८१ माघ २२ मंगलवार १०:४४ मा प्रकाशित