
काठमाडौं । लगातार बढेको सेयर बजारमा ब्रेक लाएको छ । आज सेयर बजारमा दोहोरो अंकले गिरावट आएको हो । उक्त दिन बजार १४.०८ अंकले घटेर २७१५.९१ को विन्दुमा कायम भएको छ ।
उक्त दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३० करोड ८७ लाख १३ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको २६ करोड ८४ लाख १३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन हिमालय उर्जा विकास कम्पनीको २५ करोड ४० लाख ६३ हजार रुपैंया, हिमालयन रिइन्स्योरेन्सको २१ करोड ४२ लाख १२ हजार रुपैयाँ, पिपुल्स हाइड्रोपावर कम्पनीको १९ करोड २ लाख २५ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८१ माघ २२ मंगलवार १५:१२ मा प्रकाशित