
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा १६ करोड ४० लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार आज माघ २२ गते अन्तिम दिन साँझसम्म ५१ हजार ७९० जनाले १६ लाख ४० हजार ८८० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ७.२९ गुणा बढी आवेदन हो ।
कम्पनीले माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
वि.सं.२०८१ माघ २२ मंगलवार १७:४५ मा प्रकाशित