back
NMB Ad

पाथीभरा ‘नो केबलकार’ को आन्दोलन फिर्ता, सरकारसँग ६ बुँदे सहमति   

काठमाडौँ : ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणका विषयमा भएको विवाद सम्बन्धी सहमति भएको छ ।

मंगलबार राति अबेरसम्म नेपाल सरकार, गृह मन्त्रालयबाट गठित वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुको वार्ता सहजीकरण समितिबीच ६ बुँदे सहमति भएको हो । सहमतिमा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा यही माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख छ ।

सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने तथा मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने सहमति भएको छ ।

यस्तै मुक्कुमलुङ संरक्षक पक्षधरबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमतिलगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न माघ २७ गते बिहान ११ः०० बजे वार्ता गर्ने सहमति भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई र आन्दोलनरतपक्षका तर्फबाट वार्ता सहजीकरण समितिकी सरस्वती सिंगक (सरु) ले हस्ताक्षर गर्नुभएको छ ।

वि.सं.२०८१ माघ २३ बुधवार ०६:३१ मा प्रकाशित

You can share this post!

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

वि.सं.२०८१ चैत १४ बिहीवार ११:०४

सह प्रा.डा. मधु ज्ञवाली सूर्यको प्रकाश स्वास्थ्यका लागि आवश्यक भए...

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वि.सं.२०८१ चैत १४ बिहीवार १०:४४

काठमाडौं : नेपाली पिउने पानी उद्योगमा नयाँ आयाम थप्ने लक्ष्यसहित...

सुनको भाउमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

सुनको भाउमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

वि.सं.२०८१ चैत १४ बिहीवार १०:३३

काठमाडौं। साताको पाचौ कारोबार दिन सुनको भाउ बढेको छ ।...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

वि.सं.२०८१ चैत १४ बिहीवार १०:२६

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित...

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

वि.सं.२०८१ चैत १४ बिहीवार १०:१९

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर   

राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ चैत १४ बिहीवार १०:१३

वीरगञ्ज (पर्सा) : पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले रु पाँच करोड...