
काठमाडौं । आज माघ २३ गते, बुधबार, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली माघ २४ गते बुकक्लोज गर्ने भएको छ ।
यसर्थ आजसम्म कायम शेयरधनीहरुले मात्र लघुवित्तको साधारण सभामा भाग लिन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३१५७९० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सोही प्रस्तावसहित फागुन ११ गते, बिहान साढे ११ बजे मिराबेल रिसोर्ट एण्ड होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ।
वि.सं.२०८१ माघ २३ बुधवार ०६:५२ मा प्रकाशित