
काठमाडौं। साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ । उक्त दिन सुन तोलाको २२०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन मंगलबार प्रतितोला १ लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ६६ हजार ९०० रुपैंयामा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ ४५ रुपैंयाले बढेको छ । आज चाँदी १ हजार ९७५ रुपैयाँमा कारोबार भईरहेको छ ।
वि.सं.२०८१ माघ २३ बुधवार १०:४८ मा प्रकाशित