back
NMB Ad

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको बिजनेस रिभीउ मीटिङ्ग सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बिजनेश रिभीउ मीटीङ्ग चितवनको सिराइचुलि होटेलमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम माघ २० मा आयोजना गरिएको हो । कार्यक्रममा कम्पनिका अध्यक्ष रतन लाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायब कार्यकारी अधिकृत राकेश पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल लगायत व्यापार अधिकृतहरू, रिजनल म्यानेजरहरू, एरिया म्यानेजरहरू, शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनिका अध्यक्षले सफलताका लागि नयाँ प्रविधि र नयाँ सोचलाई अपनाउनु पर्ने र नयाँ अभिकर्ताहरुको संख्या विस्तार कार्य तत्परताका साथ गर्नुपर्ने बताउनु भयो ।

आफ्नो लक्ष्य प्राप्त गर्न र कम्पनीलाई नयाँ उचाईमा पुर्याउन हाम्रो परम्परागत कार्यशैली विधिहरूमा प्रभावकारी र नवीनतम तरिकाको प्रयोग गर्नुपर्ने कुरा ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शवनाथ पाण्डेले कर्मचारीहरू कम्पनीका गहना र निधि भएकाले कम्पनिको सफलता पनि उनीहरूले गर्ने कार्य र योगदानमा निर्भर रहने बताउनु भयो । कर्मचारीहरू आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर थप मेहनत गर्नुपर्ने र सो कुराले हामीलाई प्रतिस्पर्धात्मक बजारमा अग्र स्थानमा स्थापित गराउन मद्दत पुराउने कुरा उल्लेख गर्नुभयो । आफ्नो सफलता सुनिश्चित गर्न सिकेका कुराहरूलाई व्यवहारमा इमान्दारीता पूर्वक उतार्नु आवश्यक रहेको जानकारी प्रदान गर्नुभयो ।

साथै कार्यक्रममा आ. ब. २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने क्षेत्रीय प्रबन्धकहरू, एरिया म्यानेजरहरु, शाखा तथा उप–शाखाका प्रबन्धकहरुलाई सम्मान गरिएको थियो ।

वि.सं.२०८१ माघ २३ बुधवार १३:२२ मा प्रकाशित

You can share this post!

मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने

मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ चैत ३ सोमवार ११:२२

काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

थप २ करोड ३४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ करोड ३४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ चैत ३ सोमवार १०:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

महिला उद्यमशीलता : रोजगारी सिर्जना र आर्थिक स्वावलम्बनको आधार

महिला उद्यमशीलता : रोजगारी सिर्जना र आर्थिक स्वावलम्बनको आधार

वि.सं.२०८१ चैत ३ सोमवार १०:४८

शोभा ज्ञवाली अध्यक्ष, महिला उद्यमी महासंघ स्थानीय सीपमा आधारित खासगरी...

सुनचाँदीको भाउ सार्वजनिक, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको भाउ सार्वजनिक, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ चैत ३ सोमवार १०:३७

काठमाडौं। साताको दोस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको छ...

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य   

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य   

वि.सं.२०८१ चैत ३ सोमवार १०:२६

काठमाडौँ : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

ठूला जलविद्युत् आयोजनालाई राहत: वित्तीय व्यवस्थापनका लागि दुई वर्षको समय थप

ठूला जलविद्युत् आयोजनालाई राहत: वित्तीय व्यवस्थापनका लागि दुई वर्षको समय थप

वि.सं.२०८१ चैत ३ सोमवार ०६:३७

काठमाडौँ : सरकारले ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई...