
काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा आएको छ । उक्त दिन बजार ४.४५ अंकले घटेर २७११.४५ को विन्दुमा कायम भएको हो ।
उक्त दिन सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३३ करोड ७६ लाख ३९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन पावर पार्टनरको २७ करोड १४ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन सिनर्जी पनवर डेभलपमेन्टको २२ करोड २० लाख ८९ हजार रुपैंया, ग्रिन डेभलपमेन्ट बैंकको २० करोड ९३ लाख ५ हजार रुपैयाँ, हिमालयन उर्जा विकास कम्पनीको १९ करोड ९१ लाख ४३ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८१ माघ २३ बुधवार १५:११ मा प्रकाशित