back
NMB Ad

महिला क्रिकेटः नेदरल्याण्ड्ससँग नेपाल पराजित   

काठमाडौँ : नेपाल त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको हो । जितका लागि नेपालले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १९ दशमलव चार ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्‍यो ।

नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले अविजित सर्वाधिक ९८ रन जोडिन् । उनले ६९ बलमा ११ चौका र २ छक्का प्रहार गरिन् । फोबी मोल्किनोमोरले ४९ बलमा ४ चौकाको सहयोगमा अविजित ४८ रन जोडिन् ।

त्यसअघि नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ४५ रनको योगफल बनाएको थियो । नेपालका लागि पूजा महतोले सर्वाधिक ६२ रन योगदान दिइन । उनले ५१ बलमा पाँच चौका प्रहार गर्दै ६२ रन जोडेकी हुन् ।

त्यस्तै कप्तान इन्दु बर्माले ३७ बलमा पाँच चौकाको सहयोगमा ३९ रन जोडिन् । रुविना क्षेत्री १७ बलमा २० रन बनाउँदै आउट हुँदा कविता जोशी सात रनमा नटआउट रहिन् ।

नेदरल्याण्ड्सका लागि आइरिस विलिङले दुई विकेट लिइन भने कारोलिन डे लाङ र हिथर सिगर्सले समान एक–एक विकेट लिए ।

नेदरल्याण्ड्ससँग खेलेका तीनै खेलमा नेपाल पराजित भएको छ । पाँच खेलमा छ अङ्कका साथ नेदरल्याण्ड्स तालिकाको दोस्रो स्थानमा छ भने पाँच खेलमा अङ्कविहीन नेपाल तालिकाको अन्तिममा छ । अपराजित थाइल्याण्ड तालिकाको शीर्ष स्थानमा रहेको छ ।

सिरिजमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको सहभागिता रहेको छ । सबै टोली एकापसमा तीन खेल खेलेपछि तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।

वि.सं.२०८१ माघ २३ बुधवार १६:२६ मा प्रकाशित

You can share this post!

मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन   

मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन   

वि.सं.२०८१ चैत १४ बिहीवार १२:४३

मुस्ताङ : उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत बेनी-जोमसोम चौथो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री   

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ चैत १४ बिहीवार १२:३७

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...

यी दुई कम्पनीको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

यी दुई कम्पनीको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

वि.सं.२०८१ चैत १४ बिहीवार १२:२८

काठमाडौं : सपोर्ट लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स ले...

डोङफेङ नामी ईभी अब मात्र ५ लाख ९९ हजार डाउनपेमेन्टमा, सजिलो फाइनान्सिङ अफर

डोङफेङ नामी ईभी अब मात्र ५ लाख ९९ हजार डाउनपेमेन्टमा, सजिलो फाइनान्सिङ अफर

वि.सं.२०८१ चैत १४ बिहीवार १२:२०

काठमाडौं : नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै डोङफेङ...

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

वि.सं.२०८१ चैत १४ बिहीवार ११:०४

सह प्रा.डा. मधु ज्ञवाली सूर्यको प्रकाश स्वास्थ्यका लागि आवश्यक भए...

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वि.सं.२०८१ चैत १४ बिहीवार १०:४४

काठमाडौं : नेपाली पिउने पानी उद्योगमा नयाँ आयाम थप्ने लक्ष्यसहित...