back
NMB Ad

एनएमबि हाईब्रिड फण्ड एल २ मा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । एनएमबि क्यापिटलले आज माघ २४ गतेदेखि सामूहिक लगानी कोष एमएबि हाईब्रिड फण्ड एल २ को इकाई सार्वजनिक निष्काशन गरेको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल २ दश वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

फण्डले १५ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रवर्धक कम्पनी एनएमबि बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

यसमा माघ २८ गतेसम्म आवेदन दिन सकिन्छ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

वि.सं.२०८१ माघ २४ बिहीवार १०:२१ मा प्रकाशित

You can share this post!

यी दुई कम्पनीको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

यी दुई कम्पनीको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

वि.सं.२०८१ चैत १४ बिहीवार १२:२८

काठमाडौं : सपोर्ट लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स ले...

डोङफेङ नामी ईभी अब मात्र ५ लाख ९९ हजार डाउनपेमेन्टमा, सजिलो फाइनान्सिङ अफर

डोङफेङ नामी ईभी अब मात्र ५ लाख ९९ हजार डाउनपेमेन्टमा, सजिलो फाइनान्सिङ अफर

वि.सं.२०८१ चैत १४ बिहीवार १२:२०

काठमाडौं : नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै डोङफेङ...

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

वि.सं.२०८१ चैत १४ बिहीवार ११:०४

सह प्रा.डा. मधु ज्ञवाली सूर्यको प्रकाश स्वास्थ्यका लागि आवश्यक भए...

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वि.सं.२०८१ चैत १४ बिहीवार १०:४४

काठमाडौं : नेपाली पिउने पानी उद्योगमा नयाँ आयाम थप्ने लक्ष्यसहित...

सुनको भाउमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

सुनको भाउमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

वि.सं.२०८१ चैत १४ बिहीवार १०:३३

काठमाडौं। साताको पाचौ कारोबार दिन सुनको भाउ बढेको छ ।...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

वि.सं.२०८१ चैत १४ बिहीवार १०:२६

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित...