
काठमाडौं। साताको पाँचौ कारोबार दिन सुनको भाउ बढेको छ । उक्त दिन सुन तोलाको १६०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन बुधबार प्रतितोला १ लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ६८ हजार ५०० रुपैंयामा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ ५ रुपैंयाले बढेको छ । आज चाँदी १ हजार ९८० रुपैयाँमा कारोबार भईरहेको छ ।
वि.सं.२०८१ माघ २४ बिहीवार ११:०८ मा प्रकाशित