
काठमाडौं । पोखरा फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सिइओ) रबि चन्द्र गुरुङलाई पद मुक्त गरेको छ । फाइनान्सको माघ २३ गते बसेको संचालक समितीको बैठकले (सिइओ) गुरुङलाई आजकै मिती देखि लागु हुने गरी पद मुक्त गरिएको हो ।
साथै आजकै मितीदेखि लागु हुने गरी संस्थाका नायब कार्यकारी अधिकृत राजु मोहन भट्टराईलाई कायममुकायम कार्यकारी प्रमुखको रुपमा नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।
केन्द्रीय बैंकको स्थलगत निरीक्षणको क्रममा पोखरा फाइनान्सको सञ्चालक समितिले आफु अन्तर्गतका समितिहरु मार्फत पर्याप्त निगरानी नगरेको कारण संस्था समस्याउन्मुख अवस्थामा पुगेको भन्दै राष्ट्र बैंकले सञ्चालक समितिलाई नै सचेत गराएको थियो ।
वि.सं.२०८१ माघ २४ बिहीवार ११:३४ मा प्रकाशित