
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।
नेप्सेले हिमालयन लाइफ इन्स्योरेन्सको १४ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४२८.७७ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार ४८८.८० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०८१ माघ २४ बिहीवार १६:३२ मा प्रकाशित