back
NMB Ad

यस वर्षभित्र ‘आइटिपार्क’ बनाउछौँ : सञ्चारमन्त्री गुरुङ   

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षभित्र ‘आइटिपार्क’ स्थापना गर्ने बताउनुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फेर्मवर्क बनाउने लक्ष्य साकार पार्न सूचनाप्रविधिका पूर्वाधार निर्माण गर्न आवश्यक छ भन्नुभयो । उहाँले भन्नुभयो,“काठमाडौँमा यस वर्षभित्रै आइटिपार्क निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ । ”

कम्प्युटर एशोसिएशन महासङ्घ नेपाल(क्यान महासङ्घ) द्वारा आज आयोजित ३०औँ क्यान इन्फोटेक–२०२५ को शुभारम्भ गर्नुहुँदै मन्त्री गुरुङले डिजिटल फेमवर्क बनाउन प्रशस्त सूचनाप्रविधिका पूर्वाधार तयार पार्नुपर्ने बताउनुभयो । सूचना प्रविधिको युगमा आइपुग्दासमेत नेपालमा एउटा पनि ‘आइटिपार्र्क’ नहुँनु भनेको प्राविधिक हिसाबले पछिपर्नु रहेको बताउँदै उहाँले आफु मन्त्रालयको तर्फबाट इन्फास्टकचर, आइटि नीति, एआइ नीति लगायतका भौतिक र कानुनी प्रावधान ल्याउन सक्रिय रहेको जानकारी दिनुभयो ।

“डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्न सूचनाप्रविधिका पूर्वाधार सिर्जना गर्नुपर्छ”, मन्त्री गुरुङले भन्नुभयो,“यस वर्ष जसरी पनि काठमाडौँमा एउटा आइटिपार्क बनाउछौँ ।” त्यस्तै, मन्त्री गुरुङले एआइ नीति ल्याउने विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको बताउनुभयो । साथै यसै वर्षभित्र सात सय ५३ पालिकामा फोर जी सबैका घर–घर पु¥याउने र फाइभ जि काठमाडौँबाट सुरुमा मन्त्रालय सक्रिय रहेको जानकारी दिनुभयो ।

साउथ एसियामै एआइको नीति बनाउने विषयमा नेपालपछि परेको अवस्था दर्शाउँदै मन्त्री गुङले भन्नुभयो,“सूचना प्रविधिको भरपुर प्रयोग नगरे अबको समय हामी निकै पछि परिन्छ ।”कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियोमार्फत शुभकामना सन्देश समेत प्रस्तुत गरिएको थियो । सन्देशमा प्रधानमन्त्री ओलीले सरकारले अध्ययादेशमार्फत कानुन ल्याएर विदेशमासमेत लगानी गरी उद्योग सञ्चालन गर्न सकिने वातावरण सिर्जना गरेको र यसले युवा रोजगारमा उत्साह थपेको विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले क्यान जस्ता निजी क्षेत्रको सहकार्यबाट सरकारको डिजिटल फेमवर्क नेपाल बनाउने उद्देश्य सार्थक हुन सक्ने धारणा राख्नुभयो । क्यानका अध्यक्ष सिनैना घिमिरे पाण्डेलेका अनुसार सरकारले अध्यादेश देशमार्फत ल्याएको कानुनले युवामा उद्यमी बन्न प्रोत्साहन गरेको बताउनुभयो । सञ्चार मन्त्रालयले तयार पारेको एआई नीतिमाथि क्यानले सुझाव दिएर अझै जनमुखी बनाउने समेत अध्यक्ष पाण्डेले बताउनुभयो ।

वि.सं.२०८१ माघ २४ बिहीवार १७:०२ मा प्रकाशित

You can share this post!

मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन   

मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन   

वि.सं.२०८१ चैत १४ बिहीवार १२:४३

मुस्ताङ : उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत बेनी-जोमसोम चौथो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री   

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ चैत १४ बिहीवार १२:३७

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...

यी दुई कम्पनीको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

यी दुई कम्पनीको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

वि.सं.२०८१ चैत १४ बिहीवार १२:२८

काठमाडौं : सपोर्ट लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स ले...

डोङफेङ नामी ईभी अब मात्र ५ लाख ९९ हजार डाउनपेमेन्टमा, सजिलो फाइनान्सिङ अफर

डोङफेङ नामी ईभी अब मात्र ५ लाख ९९ हजार डाउनपेमेन्टमा, सजिलो फाइनान्सिङ अफर

वि.सं.२०८१ चैत १४ बिहीवार १२:२०

काठमाडौं : नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै डोङफेङ...

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

वि.सं.२०८१ चैत १४ बिहीवार ११:०४

सह प्रा.डा. मधु ज्ञवाली सूर्यको प्रकाश स्वास्थ्यका लागि आवश्यक भए...

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वि.सं.२०८१ चैत १४ बिहीवार १०:४४

काठमाडौं : नेपाली पिउने पानी उद्योगमा नयाँ आयाम थप्ने लक्ष्यसहित...